२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

जगदिशपुरमा जल उद्धार नमुना अभ्यास

नेपाल कै सबै भन्दा ठुलो कृत्रिम ताल रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर–९ जगदिशपुर तालमा जल उद्धार नमुना अभ्यास सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ। 

बिपतको पुर्व तयारीलाई प्रभावकारी बनाउने उद्धेश्यले सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण हेड क्वाटर कपिलबस्तुको अगुवाईमा स्थानियको सहभागीतामा घटना अभ्यास (सेमुलेसन एक्सरसाईज) गरिएको हो। गाउ डुबान परेको, डुमानमा परेकालाई उद्धार गरिएको, सरसान सुरक्षित गर्ने घाईतलाई अस्पतालमा पुर्याईन लगायतका कार्य गरिएको थियो। नमुना अभ्यासमा पानीमा डुबेको व्यक्तिलाइ कसरी जिवितै उद्धार गर्ने, उद्धार पश्चातको प्राथमिक उपचार, आवश्यक तयारी र घटना व्यवस्थापन बारे जनचेतनामुलक क्रियाकलाप गरिएको थियो। संभावित बिपद जोखिम नियन्त्रणकालागि पुर्व तयारी स्वरुप नाटकीय अभ्यास गरिएको हो। 

बिपत व्यवस्थापनमा खटदै आएका गणका सशस्त्र प्रहरी नायब उपरिक्षक तुला बहादुर चौधरीको कमाण्डमा ४५ जनाको टोली, नेपाली सेना शम्शेर दल गण गोरुसिंगेका सह–सेनानी अमृत तामाङ्गको नेतृत्वको १० जनाको टोली र कपिलवस्तु प्रहरीबाट प्रहरी नायब निरिक्षक मोहमद ताकी खाँ नेतृत्वको ७ जनाको संयुक्त टोलीले विपद् प्रकोप उद्धार सम्बन्धि कृत्रिम घटना अभ्यास गराएको थियो। 

अभ्यासमा स्वास्थ्य सम्बन्धि सेवा प्रवाहका लागी कपिलवस्तु अस्पतालका डाक्टर अमुल्य कुमार पाठकको टोली खटेको थियो। उद्धारका नमुना अभ्यासका क्रममा कपिलवस्तु अस्पतालको एम्बुलेन्स सहित प्राथमिक उपचारको टोली तयारी अवस्थामा राखिएको थियो। कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले नमुना अभ्यासले बिपतका बेला जल उद्धारका बेला अपनाउनु पर्ने अपाउनु पर्ने सवाधनी र घटनामा परेकालाई कसरी उद्धार गर्ने बारे सचेतना गराइएको बताए। नेपाल सबै खाले बिपतको हिसाबले उच्च स्थानमा रहेको र बाढीजन्य बिपतको हिसाबले बिसौं स्थानमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं.२८ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक जिवन केसीले जानकारी दिए। बाढीका बेला हुने डुवान र धनजनको क्षति हुने अवस्थामा नागरिकको तत्कालै उद्धार गर्ने र सामाग्री सुरक्षित स्थानमा ल्याउने उद्धेश्यले पुर्व तयारीका लागी अभ्यास गरिएको उनले बताए। ‘बिपतको उद्धार गर्दाको क्षमता परिक्षण र राम्रो पुर्व तयारीका लागी सबै सुरक्षा निकाय सँग समन्वय गरेर अभ्यास गराएका हौं’ उपरिक्षक केसीले भने। अभ्यासको उपरिक्षक केसी, नगर प्रमुख पौडेल र प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत सहित स्थानियले अवलोकन गरेका थिए।  

प्रकाशित: ९ जेष्ठ २०८० ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App