१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत अवरुद्ध भएको सडक सुचारु भएको छ। 

इच्छाकामना गाउँपालिका ६ स्थित ३ नम्बर पुलनजिक सुख्खा पहिरो खस्दा सोमबार दिउसो करिब साढे दुई बजेदेखि सडक अवरुद्ध भएको थियो।

मुग्लिङबाट करिब तीन किलोमिटर दक्षिणमा रहेको सो स्थानमा पहिरो हटाउन सडक विभागसँग समन्वय गरी पन्छाउने काम भएपछि बेलुका ५ बजे देखी अवरुद्ध सडक सुचारु भएको हो।

पहिरो हटाएसँगै अलपत्र परेका सवारी साधन आफ्नो गन्तव्य तर्फ लागेका छन्। यस स्थानमा पटक-पटक सुख्खा पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ।

प्रकाशित: ८ जेष्ठ २०८० १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App