१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

'मोखा' चक्रवातको असर नेपालमा देखिदैनः मौसम पूर्वानुमान महाशाखा

फाइल तस्बिर

मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीका विकसित भएको 'माेखा' नामक शक्तिशाली चक्रवातको असर नेपालमा नदेखिने जनाएको छ। महाशाखाका अनुसार उक्त चक्रवात उत्तर-उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले यसको प्रभाव नेपालमा उल्लेखनीय रहने छैन।  

हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। 

आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली  प्रदेश र सुदूर(पश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर(पश्चिम प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

प्रकाशित: ३० वैशाख २०८० ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App