८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पूर्वमन्त्री ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ, छोरा निरजविरुद्ध पक्राउ पुर्जी जारी

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रलोभनमा पारी ठगी गरेको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन्।  

राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले बताएका छन्।  

उनलाई ललितपुर प्रहरीसमेतको सहयोगमा  पक्राउ गरिएको हो। त्यस्तै उनका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रमुख कार्कीले जानकारी दिए। प्रहरीका अनुसार इन्द्रजित राईका छोरा निरज फरार छन्।  

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राई र उनका छोराको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ठगीमा संलग्न गिरोहका पाँच जनालाई प्रहरीले यसअघि नै प्रकाउ गरिसकेको छ। उनीहरुको बयानको आधारमा राई पक्राउ परेका हुन्। राईले गिरोहबाट ५ करोड रकम लिएको पाइएको छ। गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ १२ चैतमै पक्राउ परेका थिए।

प्रकाशित: १९ वैशाख २०८० ०७:१३ मंगलबार

पूर्वमन्त्री ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ छोरा निरजविरुद्ध पक्राउ पुर्जी जारी