५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

वृद्धाश्रमलाई खाद्य सामग्री

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा एसवाई प्यानल नेपाल र एसवाई बजारले काठमाडौंको गोंगबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्रीसहित नगद हस्तान्तरण गरेको छ।  

सवाई प्यानल र एसवाई बजारका पदाधिकारीहरू गोंगबुमा पुगेर खाद्य सामग्री र नगद हस्तान्तरण गरेको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको आयोजना गर्दै एसवाई प्यानल र एसवाई बजारले १ लाख ५० हजार बराबरको खाद्यान्न र नगद रु. ५० हजार हस्तान्तरण गरेको एसवाई प्यानलका निर्देशक शशी साहले जानकारी गराए। यस संस्थाले वितरण गरेको खाद्य सामग्री र नगदबाट कम्तीमा डेढ महिना वृद्धाश्रम सञ्चालनमा सहयोग पुग्ने समन्वयकर्ता सरला पन्तले बताइन्।

प्रकाशित: १९ वैशाख २०८० ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App