२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति,धर्नाको कार्यक्रम स्थगित

सरकार र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनबीच ७ बुँदे सहमति भएको छ। 

सोमबार रक्षा मन्त्रालयमा भएको वार्तामा  सरकार र पुनबीच ७ बुँदे सहमति भएको हो।

आविष्कारसम्बन्धी कार्य गर्न सरकारले कोष बनाउने र उक्त कोषबाट अनुसन्धान, विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्ने,आविष्कारसम्बन्धी कार्य गर्ने कोषको व्यवस्थापनका लागि संसदबाट विधेयक पारित गर्ने, विधेयकको मस्यौदा सरोकारवाला पक्षसँगको परामर्शमा आगामी ६० दिनभित्र तयार गर्ने लगायतको सहमति भएको हो।

वार्तामा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र मुख्य सचिव शंकरदास वैरागीलगायत सहभागि थिए भने आविस्कार केन्द्रको तर्फबाट पुनले वार्ता टोलीको नेतृत्व गरेका थिए।

प्रकाशित: १८ वैशाख २०८० ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App