२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

दुहवी बजार क्षेत्रका ४० वटा घर नगरपालिकाले भत्कायो,छ लेन सडक विस्तारमा सहजता

दुहवी बजार क्षेत्रमा डोजर प्रयोग गरि घर भत्काइँदै। तस्बिर: अमर/नागरिक

कोशी राजमार्ग अन्र्गत सुनसरीको दुहवी बजार क्षेत्रका ४० वटा  घर नगरपालिकाले मंगलबार भत्काएको छ। नगरपालिकाको जग्गा ओगटेर लामो समयदेखि वसोबास गर्दै आएका परिवारको घर भत्काइ दिएको छ। 

नगरपालिकाले ३५ दिने म्याद दिएर सूचनाको म्याद नाघेपछि पटक– पटक ध्यानाकषर्ण गराउँदा पनि अटेर गरेपछि डोजर प्रयोग गरि नगरपालिकाले घर भत्काई दिएको हो।

नगरपालिकाको दुई बिघामध्ये १३ कठ्ठा १९ धुर भित्र विभिन्न व्यक्तिले नगरपालिकाको जग्गा ओगटेर घर बनाएका थिए।

दुहवी वडा नंं ५ अन्तर्गत अहिलेको नगरपालिकाले ओगटेको झन्डै एक बिगाहा १० कट्ठाबाहेक अरु जग्गा विभिन्न व्यक्तिले ओगटेर घर बनाएकोमा हटाएको मेयर वेद गच्छदारले बताए। नगरपालिकाले घर भत्काएको स्थानमा सपिङ् सेन्टर बनाउने योजना बनाएको छ।

दुहवी बजार क्षेत्रका ४० वटा घर भत्काएसँगै व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तारमा समेत सहज हुने मेयर गच्छदारले बताए। यति बेला दुहवी बजार क्षेत्रमा सडक विस्तार हुन सकेको छैन्। ‘दुहवीको विकासका निम्ति छ लेन सडक विस्तार गर्नैपर्छ,’ गच्छदारले भने, ‘अब बजार क्षेत्रकै चालीसवटा घर भत्काएपछि सडक विस्तार गर्न केही घर मात्र बाँकी रहँदा उनीहरुलाई पनि प्रेसर पर्नेछ। जसले गर्दा अब छ लेन सडक विस्तारमा सहजता हुनेछ।’

छ लेन सडक विस्तारका लागि पछिल्लो समय दुहवी बजार क्षेत्र र धरानको बजार क्षेत्र मात्र ठेक्का लाग्न बाँकी छ। अन्यत्र निर्माण पूरा भएर तरहरादेखि धरान तीन कुनेसम्मको काम अहिले भइहरेको छ।

कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये दुहवीमा सरकारले २०५४ सालमै ६३० मिटर क्षेत्रलाई बिल्टअप क्षेत्रको रुपमा कायम गर्न निर्णय गरेको थियो। त्यति बेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचना अनुसार, दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि बायावाया दुवै तर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो।

२०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो। पछिल्लो समय २०८० सम्मका लागि समय थप गरिएको छ।  

प्रकाशित: ५ वैशाख २०८० १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App