५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै

कपन क्षेत्रमा वर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन शुरू भएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोर आयोजनालाई  धोबीखोला करिडोर तथा कपन बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना नामाकरण गरेर सोही आयोजनामार्फत अध्ययन अघि बढाएको हो।

कपन क्षेत्रमा डुबानको समस्या रहेकामा समाधान र व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको आयोजनाका इञ्जिनियर सज्जन कुँवरले बताए।

कपन क्षेत्रमा वर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन शुरू भएको छ।

उनले भने,‘नामकरण भएर परामर्शदाता मार्फत अध्ययन शुरू भइसकेको छ। अध्ययनको निष्कर्षका आधारमा आवश्यक संरचना बनाउनुपर्ने छ।’

त्यस क्षेत्रमा डुबानका कारण ढलको क्षमता नपुगेर हो भने त्यसको समाधान गरिने इञ्जिनियर कुँवरले बताए।

‘रिचार्ज वेल’, ‘रेन वाटर हारवेस्ट’ लगायत कुन उपाय अवलम्वन गरेर डुबान न्यूनीकरण हुनसक्छ त्यो गरिने उनको भनाइ छ। उनले भने, ‘आवश्यक हुँदा सडक निर्माण पनि हुन सक्छ।’

कपन–बुढानिलकण्ठ क्षेत्रमा अध्ययन शुरू भए पनि आवश्यक निर्माणको काम आगामी आवमा मात्रै हुने आयोजनाले जनाएको छ। चालु आवमा निर्माणका लागि बजेट विनियोजन भइसकेको छैन। गत असोजमा निर्णय भएपछि अहिले अध्ययन अघि बढाइएको हो।

आगामी आर्थिक वर्षमा बजेट विनियोजन भएपछि काम सुरू हुने उनको भनाइ छ।

‘रिचार्ज वेल’, ‘रेन वाटर हारवेस्ट’ लगायत कुन उपाय अवलम्वन गरेर डुबान न्यूनीकरण हुनसक्छ त्यो गरिने उनको भनाइ छ। उनले भने, ‘आवश्यक हुँदा सडक निर्माण पनि हुन सक्छ।’

शंखमुलको दोभानबाट कपनसम्म धोबी खोलाको दुवैतर्फ करिडोर निर्माण गर्ने गरी शुरू भएको आयोजनाको कार्य क्षेत्र बिस्तार गरिएको हो। करिडोर निर्माण सकिंदै गर्दा कपन क्षेत्रको डुबानको समस्या समाधानको काम सोही आयोजनामार्फत अघि बढाउन लागिएको हो।

उपत्यकाको मुख्य सडकको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०५९ साल वैशाखमा धोबीखोला करिडोरको निर्माण शुरू गरेको थियो।

विसं २०६४ पुसदेखि प्राधिकरण (तत्कालीन काठमाडौं उपत्यका नगर विकास समिति) ले निर्माण गर्दै आइरहेको छ।

शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरूले सो करिडोरका विषयमा चासो देखाएर स्थलगत निरीक्षण गर्दै आएका छन्। पहिले झण्डै २४ किमी सडक निर्माण गर्ने गरी योजना शुरू भए पनि पछिल्लो समयमा कार्यक्षेत्र बिस्तार गरिएको छ। रासस

प्रकाशित: ४ वैशाख २०८० ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App