३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

जुम्लाका महिला गिट्टी कुटेर जीविका गर्दै

गिट्टी कुट्दै गरेको । तस्बिर :गोल्डेन बुढा

बिहानै घरमा भान्साको कामकाज सकेर जुम्लाको चन्दननाथ नगरपालिका ४ की ३७  वर्षीया जयकला कामी हातमा कुटो, हथौडा र डोको बोकेर घरदेखि झन्डै १५ मिनेटको दूरीमा पर्ने नागा भने ठाउँमा  पुग्छिन्। नगरपालिका भित्र पर्ने मालाभिड सडक नजिकैको छेउमा उनलाई दिनभरि गिट्टी कुट्न भ्याइ नभ्याइ हुन्छ।

उनकी छिमेकी राजु कामी पनि बिहान सबेरैदेखि साँझ अबेरसम्म गिट्टी कुटिरहेकै अवस्थामा भेटिन्छिन्।गिट्टी कुट्ने हथौडाले थिच्दा औंलाभरि घावै घाउ छन्।उनले भनिन्‘गिट्टी नकुटे साँझ–बिहान चुलो बल्दैन।’चन्दननाथ नगरपालिका(४ का झण्डै दर्जन महिला त्यो वरिपरि गिट्टी कुटेर जीविकोपार्जन गर्न बाध्य छन्।श्रीमानको मात्र भर पर्दा घर खर्च चलाउन गाह्रो हुने भएकाले नुन, तेललगायत दैनिक उपभोग्य सामग्रीको जोहो गर्न गिट्टी कुट्नुपर्ने बाध्यता भएको स्थानीय रत्कली कामीले बताइन्। 

एक साता लगातार गिट्टी कुटेपछि एक ट्र्याक्टर पुग्छ, एक ट्र्याक्टर गिट्टी ३ हजारमा बिक्री हुन्छ।उनले भनिन्।गिट्टी कुटेको पैसाले जसोतसो घर व्यवहार चलेको छ। महिनाभरि गिट्टी कुट्दा १० देखि १२ हजारसम्म कमाइ गरेको उनले बताइन्। दिनभरि घर बसेर त्यत्तिकै समय बिताउनुभन्दा काम पनि हुने र केही कमाइ हुने भएकाले गिट्टी कुट्दै आएको ३९ वर्षीया पन्नकली सार्कीले बताइन्। गिट्टीबाट कमाइ भएको पैसाले छोराछोरीको पढाइ खर्च जुटाउन पनि सहज भएको उनले बताइन्।

 स्थानीय सरकारले एक घर एक रोजगार भन्ने नारा लगाउँदै आएको छ, हामीलाई भने रोजगारी नहुँदा पेट पाल्नै मुस्किल छ।उनले भनिन् स्थानीय सरकारले सीपमूलक र आयमूलक तालिम दिएर रोजगारी सिर्जना गर्न सके हामीले यसरी गिट्टी कुट्नुपर्ने थिएन।दिनभरि सडकमा बसेर गिट्टी कुट्दा ढाड दुख्ने समस्या देखिएको उनले बताइन्। हथौडाले औंलामा दैनिकजसो चोटपटक लाग्ने गरेको स्थानीय नैनकला सार्कीले बताइन्। 

उनले सकि नसकी गिट्टी कुट्ने गरे पनि दुःख अनुसार मूल्य पाउन नसकेको गुनासो गरिन्।दिन प्रतिदिन महँगी बढे पनि लामो समयदेखि एक ट्र्याक्टर गिट्टीको भाउ ३ हजारभन्दा बढ्न सकेको छैन।उनले भनिन्।मूल्य बढे जीविकोपार्जन सहज हुन्थ्यो। आफूहरूले कुटेको गिट्टी नगरपालिका भित्र गाउँमा र बजारहरूमा गइरहेको उनले बताइन् ।

 

प्रकाशित: ३ वैशाख २०८० ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App