२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

चीनबाट ९० टन बिस्फोटक पदार्थ नेपाल ल्याइँदै

पूर्वाधार परियोजना निर्माणका लागि चीनबाट ९० टन बिस्फोटक पदार्थ नेपाल ल्याइएको छ। नेपाली सेना र भारतबाट उपलब्ध हुँदै आएको पूर्वाधार परियोजनाका लागि प्रयोग हुने बिस्फोटक पदार्थ अहिले उपलब्ध हुन नसकेपछि चीनबाट ल्याइएको हो।

भारतबाट कच्चा पदार्थ आउन नसक्दा नेपाली सेनाले पनि समयमै बिस्फोटक पदार्थ दिन नसकेको र भारतले पनि दिन नसकेको अवस्थामा व्यापारीहरूले पूर्वाधार परियोजना प्रयोजनार्थ सो सामग्री हुन्। लागत रकम निकै बढी भए पनि व्यापारीहरूले काम सञ्चालन गर्न आवश्यक भएकाले ल्याइएको बताएका छन्।

पूर्वाधार परियोजना निर्माणका लागि चीनबाट ९० टन बिस्फोटक पदार्थ नेपाल ल्याइएको छ।

नेपाल सरकारले पटकपटक भारत सरकारलाई बिस्फोटक पदार्थ दिन अनुरोध गरेको थियो। तर भारतले बेवास्ता गरेपछि सरकारकै अनुमतिमा चीनबाट सो सामग्री ल्याउनु परेको सरकारी अधिकारीहरूले बताएका छन्।

‘भारतलाई हामीले धेरैपटक अनुरोध ग¥यौं। नेपालमा पूर्वाधार परियोजनाहरू ठप्प हुने भएकाले बिस्फोटक पदार्थ दिन सहजीकरण गरिदिन भने पनि भारतले लामो समयसम्म जवाफ नफर्काएपछि चीनबाट ल्याउन अनुमति दिइएको हो,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने।

प्रधानमन्त्री कार्यालयका अनुसार ऊर्जा मन्त्रालयले भारतीय दूतावासलाई पनि सहजीकरण गरिदिन धेरैपटक आग्रह गरेको थियो। तर भारतले यो विषयमा कुनै पनि प्रकारको प्रतिक्रिया नदिएकाले चीनबाट ल्याउनु परेको थियो। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पनि पूर्वाधार र विकास निर्माणका लागि बिस्फोटक पदार्थ नेपाली सेनाले दिन नसक्दा व्यापारीले चीनबाट ल्याउन लागेको बताए।

‘कच्चा पदार्थ अभाव भएका कारणले नेपाली सेनाको सूनाचर इमल्सन प्लान्टबाट उत्पादन बिस्फोटक पदार्थ उत्पादनमा कमी भयो। क्षमताअनुसार उत्पादन हुन सकेन, जसले गर्दा व्यापारीहरूले बाहिरबाट ल्याउनुपर्ने अवस्था आयो। सरकारको स्वीकृतिमा ल्याउन लागिएको हो,’ नेपाली सेनाका प्रवक्ता एवं सहाकय रथी भण्डारीले भने।

प्रधानमन्त्री कार्यालयका अनुसार ऊर्जा मन्त्रालयले भारतीय दूतावासलाई पनि सहजीकरण गरिदिन धेरैपटक आग्रह गरेको थियो। तर भारतले यो विषयमा कुनै पनि प्रकारको प्रतिक्रिया नदिएकाले चीनबाट ल्याउनुपरेको थियो।

सेनाले २०७६ मंसिरदेखि ‘सूनाचरी इमल्सन प्लान्ट’ मार्फत वार्षिक २ हजार ४ सय मेट्रिक टन बिस्फोटक पदार्थ उत्पादन गर्दै आएको थियो। तर यस वर्ष कच्चा पदार्थ अभाव भएकाले क्षमताभन्दा निकै कम मात्रामा बिस्फोटक पदार्थ उत्पादन भएकाले बजारमा पूर्वाधार निर्माण प्रयोजनार्थ दिन नसकेको जनाएको छ।

बिस्फोटक पदार्थ ल्याउन लागेको स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान)ले पनि स्वीकार गरेको छ। ‘चीनबाट ल्याइएको बिस्फोटक पदार्थ अहिले भन्सारमा आइपुगेको छ,’ इपानका सदस्य प्रकाश दुलालले बताए।

भारतले युक्रेन युद्धका कारण बिस्फोटक पदार्थ विश्व बजारमा अभाव भैरहेको र रक्षा उत्पादनसम्बन्धी आपूर्ति प्रणालीमा नकारात्मक असर परिरहेकाले तत्कालै कच्चा पदार्थ पठाउन नसक्ने अनौपचारिक रूपमा जानकारी दिएको छ। तर अपौचारिक रूपमा भने केही पनि नभनेको सरकारी अधिकारीले जनाएका छन्। दुलालका अनुसारअमोनियम नाइट्रेट, सोडियम नाइट्रेट र कम्पोजिट फ्युलजस्ता बिस्फोटक पदार्थ नेपाल ल्याइएको हो।

देशका ठूला आयोजनालाई आवश्यक पर्ने बिस्फोटक पदार्थ उत्पादन गरेर ढुवानी, सुरक्षा र भण्डारणको काम सेनाको भए पनि अघिल्लो वर्षबाट सेनाले बिस्फोटक पदार्थ दिन सकेको थिएन। ‘सुन्दरीजलको सुनाचरीबाट उत्पादित सामग्री देशका ठूला आयोजनालाई दिने, आवश्यक पर्ने बिस्फोटक पदार्थ उत्पादन गरेर ढुवानी, सुरक्षा र भण्डारण गर्ने काम सेनाकै हो, सेनाले विशेष गरेर ठूला विद्युत् आयोजनालाई बिस्फोटक पदार्थ उपलब्ध गराउँदै आएको छ,’ सैनिक प्रवक्ता भण्डारीले भने।

भारतले युक्रेन युद्धका कारण बिस्फोटक पदार्थ विश्व बजारमा अभाव भैरहेको र रक्षा उत्पादनसम्बन्धी आपूर्ति प्रणालीमा नकारात्मक असर परिरहेकाले तत्कालै कच्चा पदार्थ पठाउन नसक्ने अनौपचारिक रूपमा जानकारी दिएको छ।

सेनाले आफूलाई आवश्यक पर्ने ग्रिनेट लगायतका सामग्री उत्पादन गर्दे आएको छ। नेपालका परियोजनामा वार्षिक ६ हजार बढी टन बिस्फोटक पदार्थ खपत हुने अनुमान गरिएको छ।

विकास निर्माणका काममा सेना आफैं संलग्न हुन थालेपछि र विभिन्न कन्सट्रक्सन कम्पनीमार्फत बिस्फोटक पदार्थको माग बढ्न थालेपछि सेनाले बिस्फोटक पदार्थको उत्पादन बढाएर उत्पादनलाई व्यावसायिक बनाएको थियो।

सेनाले आफ्नो कल्याणकारी कोषमार्फत बिस्फोटक पदार्थ उत्पादन गर्ने प्लान्टमा ३२ करोड बढी लगानी गरेको छ। भारतबाट मासिक रूपमा कन्स्ट्रक्सनका लागि तीन सयदेखि पाँच सय टनसम्म बिस्फोटक पदार्थ आयात हुने गरेको थियो। 

प्रकाशित: ३ वैशाख २०८० ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App