४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सिंहदरबार अगाडि गुडिरहेको टेम्पो उत्तानो पर्‍यो, ११ घाइते

काठमाडौं—सिंहदरबार अगाडि ‘सफा टेम्पो’पल्टँदा ११ यात्रु घाइते भएका छन्।  सुन्धाराबाट बालकुमारीतर्फ गइरहेको बा १ ह ३७९८ नं को सफा टेम्पो अपराह्न ३ बजे पल्टेको हो।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर देखिएको घटनाका प्रत्यक्षदर्शी दिव्य सुवेदीले बताए। घाइतेको वीर अस्पताल र काठमाडौँ मोडेल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारका वृत्तका प्रहरी हवल्दार तेजबहादुर गुरुङले बताए।

सामान्य घाइते भएका टेम्पोका चालक तुलबहादुर श्रेठलाई वृत्त सिंहदरबारमा राखी घटनाको अनुसन्धान भइरहेको छ। रासस

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App