२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मुखर्जीको विरोध गर्नेलाई सार्वजनिक मुद्दा

काठमाडौं- भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई कालो झन्डा देखाउने योजना बनाएको आरोपमा पक्राउ गे्रटर नेपाल राष्ट्रिय मोर्चाका अध्यक्ष फडिन्द्र नेपालसहित चारजनाविरुद्ध प्रहरीले केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।
बुधबार पक्राउ उनीहरूविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सर्वजनिक अपराध मुद्दा दर्ता गरिएको हो । प्रहरीले उनीहरूलाई ६ दिन थुनामा राखेर थप अनुसन्धान गर्ने अनुमति पाएको छ ।
यसैगरी प्रहरीले शारदा भुसाल झालाई पनि थुनामा राखेर अनुसन्धान गर्न अनुमति पाएको लिएको छ । भ्रष्टाचारविरोधी अभियन्ता भुसाललाई कालो कपडा लगाएर हिँडेको आरोपमा प्रहरीले माइतीघरबाट बुधबार पक्राउ गरेको थियो ।  
 मुखर्जीलाई कालो झन्डा देखाउने तयारी गरेको थाहा पाएपछि ग्रेटर नेपालका अध्यक्ष नेपाल, रामचन्द्र खड्का, तिलक बोहरा र योगेश बराललाई प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको थियो । ‘कालो झन्डा देखाउने सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो’, महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले भने, ‘विमानस्थल क्षेत्रबाट पनि दुई जना पक्राउ परेका छन् ।’

प्रकाशित: १९ कार्तिक २०७३ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App