४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

भेरी अञ्चल अस्पतालका कर्मचारीविरूद्ध अख्तियारद्वारा आरोपपत्र दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको भन्दै बाँकेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालका कर्मचारी उपर विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। 

अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा पिताम्बर सुवेदी, शाखा अधिकृत माधवप्रसाद ज्ञवाली, लेखा अधिकृत पदमबहादुर जिसी र लेखापाल मनिराम बर्माले आव २०७०-७१ मा अञ्चल अस्पतालको आमा सुरक्षा कार्यक्रम तथा सामाजिक सेवा इकाइलगायत विभिन्न कार्यक्रमको बजेट दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका सह–प्रवक्ता खगेन्द्रप्रसाद रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ बमोजिम कसुर गरेको पुष्टी हुन आएकाले उक्त कार्यमा संलग्न चारै जना उपर कसुरको मात्रा अनुसार जरिवाना र कैद सजायको माग गर्दै आरोपपत्र दायर गरेको आयोगले जनाएको छ । रासस 

प्रकाशित: २६ भाद्र २०७३ १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App