२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

न्यूनतम पारिश्रमिक लागू गराउन निर्देशन

काठमाडौं- संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको छ। न्यूनतम पारिश्रमिक लागू भए/नभएबारे समितिले सोमबार आयोजना गरेको बैठकमा सरोकारवालाले पत्रकारले न्यूनतम पारिश्रमिक पाउन नसकेको अवगत गराएपछि उक्त निर्देशन दिएको हो। सूचना तथा सञ्चार मन्त्रालयले गएको साउनदेखि सञ्चार प्रतिष्ठानमा काम गर्ने पत्रकारका लागि तोकेको न्यूनतम पारिश्रमिक मासिक १९ हजार ५ सय रुपैयाँ नपाएको बैठकमा सहभागीले बताए।

पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले अझै पनि पत्रकारलाई नियुक्ति पत्र नदिएर सञ्चार प्रतिष्ठानले काम लगाउने क्रम जारी रहेको बताए। पटकपटक निर्देशन दिए पनि सञ्चार प्रतिष्ठानले न्यूनतम पारिश्रमिक लागू नगरेको उनको भनाइ छ।

त्यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले न्यूनतम पारिश्रमिक लागू नहुँदा पत्रकारको जीविकोपार्जनमा समस्या भइरहेको बताए। बैठकमा सहभागी सांसदले न्यूनतम पारिश्रमिक प्रदान नगर्ने सञ्चार प्रतिष्ठानलाई कारबाही गर्न माग गरे। बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रमजीवी पत्रकारका लागि न्यूनतम पारिश्रमिक लागू गर्नु यो सरकारका लागि परीक्षा भएको बताए। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले न्यूनतम पारिश्रमिक लागू गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीसँग पनि कुरा भइरहेको जानकारी गराए।

प्रकाशित: २१ भाद्र २०७३ ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App