४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

नेपाली भाषा बचाऔँ अभियानका लागि मौन व्रत

काठमाडौं—नेपाली वर्णविन्यासमा लेख्य परम्पराको संरक्षणका लागि नेपाली भाषा बचाऔँ अभियानले मौनव्रत सुरु गरेको छ। 

केही भाषाविद्ले नयाँ शब्दकोषका माध्यमबाट वर्णविन्यासको मौलिकतामाथि प्रहार गरेको जनाउँदै त्यसमा पूर्ववत् परम्परा कायम गर्ने माग राख्दै आज मौनव्रत बसेको अभियानकर्ता मेदिनीकुमार केवलले जानकारी गराए। 

व्रत बस्नेमा केवल, रामेश्वर मातृदास, नारायणप्रसाद अर्याल, मणिराम शर्मा, सविता कुल्मी, घिमिरे मैदिली, पे्रमबहादुर कार्की लगायत रहेका छन्। 

कार्यक्रममा चूडामणि गौतम, डा.बलदेव अधिकारी, शरच्चन्द्र वस्ती र विष्णु प्रभातले नेपाली भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिए। रासस

प्रकाशित: २ भाद्र २०७३ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App