२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

चिसोले पूर्वाधार निर्माणमा समस्या

चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्यमा समस्या भएको छ। चिसो बढेसँगै माथिल्लो मनाङको विभिन्न पूर्वाधार निर्माणमा बाधा पुगेको हो।  

 गत वर्ष निरन्तरको वर्षाले क्षति पु¥याएको भौतिक संरचना निर्माणका कार्य रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ। विशेषगरी माथिल्लो मनाङको सडक, पुल, जलविद्युत्लगायत विकास निर्माणका काम रोकिएका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। ‘सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा केही निर्माण भइरहेको छ। तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधारको कार्य रोकिएको छ,’ उनले भने।  

 चिसोका कारण अहिले जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणका काम गर्न नसकिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर जय विष्टले बताए। ‘हिउँका कारण माथिल्लो मनाङतर्फको पूर्वाधार निर्माणका काम गर्न कठिन छ। यहाँको काम वर्षमा जम्माजम्मी तीन महिना मात्रै हुन्छ’, उनले भने।  

मनाङको मेरुदण्डका रुपमा रहेको चामे–बेँसीसहर सडक खण्डको निर्माण कार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उहाँले बताउनुभयो। प्रायःजसो मनाङको विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो। उक्त सडक खण्ड निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ। मनाङको सहज यातायातका लागि सरकारले विशेष रुपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनीयोजन गर्दै आएको छ।  

विपद्ग्रस्त जिल्लालाई समावेश गरेर सङ्घ सरकारमार्फत विपद् व्यवस्थापन विभागबाट रु तीन करोड १४ लाख विनियोजन भएपछि तालगाउँको संरक्षणका लागि तटबन्धन निर्माणको काम भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ। मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ। निर्माण कार्य सकिने अवस्थामा चिसो सुरु भएपछि केही ढिलाइ हुने भएको छ।  

सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ÷छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ। आगामी पाँच वर्षको अवधिमा डुम्रे–बँेसीसहर–चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना रहेको कार्यालयले जनाएको छ। 

प्रकाशित: ९ पुस २०७९ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App