२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्लामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सम्पन्न

जुम्लाको चन्दननाथ नगरपालिकामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गतका कार्यक्रम सम्पन्न भएका छन्।

नगरपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला सेल,जिल्ला  सेवा केन्द्र र प्यालनको समन्वय सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै  चन्दननाथ नगरपालिका ४ का वडा अध्यक्ष तथा कार्यवाहक मेयर नवराज देवकोटाले आगामी दिनहरूमा यस पालिका भित्र कुनै पनि प्रकारको लैङ्गिक हिंसाका घटनाहरु बढ्न नदिन यस्तो खालको चेतना मुलक कार्यक्रमले सहयोग पुग्ने बताए।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले समाजमा जरागाडेको रुढिबादी संस्कृतिले पनि हिंसा बढ्ने हुनाले यस्ता हिम्सालाई न्यूनिकरण गर्न अभियानले सहयोग पुराउने बताए। समाजमा अहिले पनि आफुले भोगेको हिम्सा लुकाउने र सार्वजनिक नगर्ने हुनाले हिम्सा झन बढदै गएको प्रमुख जिल्ला अधिकारीले व्यक्त गरे। हरेक वर्षझै जुम्लाका सबै स्थानिय तहमा सरकारी तथा गैर सरकारी संघसंस्थाद्धारा हिंसा विरुद्धका गतिविधि तथा कार्यक्रम हुदै हुदै आइहरेका छन्। समाज पुरातन सोचबाट ग्रसित भएका कारण लैंगिक हिंसा र विभेद न्युनिकरणमा समस्या भएको सरोकारवालाहरुले भनाई रहेको छ।

प्रदेश तथा स्थानिय सरकारले मानव अधिकारमैत्री कानुन बनाउनु पर्नेमा स्थानीयको जोड छ। कार्यक्रममा चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले लैङ्गिक हिंसा ले समाजमा पारेको विकृतीका बारेमा जनचेतना जगाउन आवश्यक रहेको जानकारी गराए।  लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन  अभियानका बेला मात्र हिंसाको कुरा गरेर पर्याप्त नहुने सरोकारवालाहरुले धारणा राखे।  सरकारले २०७५ साल देखि  लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीयपालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको हो।

प्रकाशित: २४ मंसिर २०७९ १४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App