२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

गाउँमै पुगेर योजना सम्झौता गर्दै गुठीचौर गाउँपालिका

जुम्लाको गुठीचौर गाउँपालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने गरेको छ।  

भौगोलिक दूरीले टाढा वडा नम्बर १ र २ लाई पहिलो  प्राथमिकतामा राखेर वडामै पुगेर शिविरको आयोजना गरि योजना सम्झौताको कार्य थालनी गरेको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए। अध्यक्ष बुढाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत सिंह बहादुर खत्री  सहित १० जनाको टोली गाउँमै पुगेर योजनाको सम्झौता गरेको हो।  

वडा नम्बर १ का ३१ वटा योजना मध्ये भण्डै २२ वटा योजनाको वडामै पुगेर सम्झौता भएको अध्यक्ष बुढाले बताए। चेतनाको कमी, भौगोलिक दूरीले टाढा , योजना सम्झौता गर्न गाउँपालिकासम्म आउँदा कागजात अपुग हुने र उपभोक्तालाई खान बस्न समस्या हुने भएकाले वडा नम्बर १ मै पुगेर योजनाको सम्झौता गरिएको उपाध्यक्ष शान्तिकुमारी मल्ल ९भण्डारीले० बताइन्। उनले भनिन्, ‘१ र २ का नागरिकलाई गाउँपालिकासम्म योजना सम्झौता गर्न आउँदा खानबस्न खर्चिलो हुने भएकाले गाउँमै पुगेर योजना सम्झौताको गर्ने लागिएको हो।’  

उनका अनुसार एकै दिनमा सकिने काम गाउँपालिकामा आउँदा झण्डै ३÷४ दिन लाग्छ। त्यसकै कारणले  गाउँपालिकाको टिम वडामै पुगेर सम्झौता गरेको हो। चालु आर्थिक वर्षबाट विकट र टाढाका नागरिकलाई घरमै पुगेर सेवा दिने गाउँपालिकाको लक्ष्य रहेको छ। मंसिर महिनामा सम्झौता भएका सबै योजनाको चैतभित्रै भुक्तानी समेत गरिसक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहबहादुर खत्रीले बताए। वडा नम्बर १ का करिब २२ वटा योजना सम्झौता भइसकेको उनको भनाइ छ।

‘सबै योजनाको सम्झौता भइसकेकाले छिटै काम सुरु हुनेछ’, खत्रीले भने  ‘एउटा वडाको योजना सम्झौता पूरा भएकाले अब वडा नम्बर २ को तयारी गरिएको  छ।’ गुठीचौर गाउँपालिमा भित्र ५ वडा छन्। गुठीचौर गाउँपालिकाले यसअघि सामाजिक सुरक्षा भत्ता पनि वडामै पुगेर वितरण गरेको थियो। 

प्रकाशित: १८ मंसिर २०७९ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App