२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

स्रोत नखुलेको ११ लाखभन्दा बढी रकमसहित रौतहटमा दुई पक्राउ

सशस्त्र प्रहरी बल रौतहटले स्रोत नखुलेको लाखौँ रुपैयासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलको टोलीले रौतहटको गौर नगरपालिका ५ बरहवा पुल नजिक प्रदेश ३–०२ ०१३ प ४९५६ नम्वरको कालो रंगको पल्सर मोटरसाइकल र त्यसमा सबार दुई जनाबाट ११ लाख ३९ हजार नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

शंका लागी चेकजाँच गर्दा गढिमाई नगरपालिका ४ संग्रामपुरका २९ बर्षिय राजकुमार यादव र सोही नगरपालिका-९ बरियारपुरका ३३ बर्षिय राजेशप्रसाद यादवलाई खानतलासी गर्दा दुवै जनाबाट स्रोत नखुलेको रकम बरामद भएको हो।

रकमको स्रोत खुलाउन नसकेपछि दुवै जनालाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गण हजमिनिया रौतहटले जनाएको छ।

रौतहटमा समय समयमा स्रोत नखुलेको रकमसहित मानिस पक्राउ पर्ने गरेको छ।

प्रकाशित: १५ मंसिर २०७९ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App