२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

आईएनफको ७० वर्ष: फिस्टुलाको उपचारदेखि विकासमा अग्रसर

पश्चिम नेपालमा गंैरसरकारी क्षेत्रमा ठूलो छवि बोकेको ईन्टरनेश्नल नेपाल फेलोसिप (आई एन एफ नेपाल)ले आफ्नो ७० औं वार्षिक उत्सव मनाएको छ। आई एन एफले पछिल्लो समयमा कार्यक्षेत्र भएको कालिकोटको नरहरिनाथ गाउँपालिका र खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधि र सरोकारवाला निकायको उपस्थितिमा आफ्नो दिवश मनाएको हो।

दिवशको अवसरमा आई एन एफले इतिहासमा गरेका कामको जानकारी गराएको छ। परियोजना संयोजक दलबहादुर बुडाले भिडियो डकुमेन्ट्री प्रस्तुत गरेका थिए। दिवशमा शुभकामना दिदै खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले आई एन एफको राम्रो काममा स्थानीय सरकारले पनि लगानी गर्नुपर्ने  बताए। उनले समुदायमा आई एन एफले राम्रोकाम गरेको बताउर्दै समन्वय सहकार्य बढाउनेमा जोड दिए।

परियोजना संयोजक दलबहादुर बुढाले वेलायती डाक्टर लिली सहितको टिम भारत हुदै पोखरामा सन १९५२ मा कास्कीको पोखरामा सानो खरको छानोमा स्वास्थ्य सेवा शुरु गर्दै,आई साईनिङ अस्पतालबाट शुरु गरिएको सेवा अहिले नेपालगंज,सुर्खेत,कालिकोट र जुम्लामा पनि पछिल्लो समय सामाजिक विकासमा काम गरिरहेको जानकारी दिए।

वार्षीक उत्सवमा आई एन एफले फिस्टुलाको उपचार,कुपोषण न्यूनिकरण,विपन्नको स्वास्थ्य उपचार,क्लिनिक सेवा हुदै हाल सामाजिक विकासको काम गरेको विषयमा प्रभावकारी भएको भन्दै सरोकारवाला निकायले धन्यवाद ज्ञापन गरेका थिए।

जिल्लाको नरहरिनाथ गाउँपालिका–८ लालुकी मनसरा शाहीले आफुले आई एन एफ नेपाले गर्दा आफ्नो जिवनमा सुधार आएको बताइन्। उस्तै खाँडाचक्र –५की लालपुरा शाहीले आफुलाई फिस्टुला भएकाले १८ वर्षदेखि पिडामा रहेको सुनाउदै आई एन एफको कार्यक्रम खाँडाचक्रमा लागु भएदेखि आफुले निशुल्क रुपमा आई एन एफबाट फिस्टुलाको उपचर गरेर जिवनमा परिर्वतन आएको बताइन् कार्यक्रममा सहभागिले आई एन एफ नेपाललाई ७० औं वार्षीक उत्सवको शुभकामना दिएका थिए।

प्रकाशित: ११ मंसिर २०७९ १३:३९ आइतबार

ईन्टरनेश्नल नेपाल फेलोसिप