coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

देशलाई स्वार्थीको गठबन्धन नभई राष्ट्रिय शक्ति चाहिएको छ: अध्यक्ष ओली

सिन्धुलीको दुधौलीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्षओली।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई विभिन्न स्वार्थहरु जोडिएका स्वार्थीहरुको गठबन्धन नभई एउटा राष्ट्रिय शक्ति चाहिएको बताएका छन्। जसले देशको राष्ट्रियता, सार्बभौम सत्ता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता आदि कुराको रक्षा गर्न सक्छ,’ सिन्धुलीको दुधौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘जसले देशको राष्ट्रिय हितको रक्षा गर्न सक्छ र स्वाभिमानलाई माथि उठाउन सक्छ। त्यस्तो राष्ट्रिय शक्ति चाहिएको छ।’

नेकपा एमाले निर्वाचन क्षेत्र नं. १ निर्वाचन प्रचार प्रसार समितिले दुधौली नगरपालिकाको दुधौली बजारमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  नेकपा एमालेलाई बालियो राष्ट्रिय शक्ति बनाउन योग्दान गर्न आग्रह समेत गरे। देशमा बलियो स्थिर सरकार चाहिएको छ पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, सधै स्वास्र्थको तानातान र खिचातानी गर्ने गठबन्धनका स्वार्थीको अखडा बनाउने होईन, खेलमैदान बनाउने होइन देशलाई। देशलाई विकासको अभियानमा हामी लाग्नु जरुरी छ।’‘लोक कल्याणकारी राज्यको अबधारणा अनुरुपजनतालाई सेवा सुबिधा पु¥याउन जेष्ठ नागरिकलाई हेर्ने कुरामा होस, महिलालाई हेर्ने कुरामा होस अथवा बालबालिका, किशोर किशोरी, युवा र मज्दुर किसानहरुको सम्बन्धमा हामीले कसरी काम गर्छै भन्ने कुराहरुमा यहाँहरुले देख्नै भएको छ,’ उनले चुनावी सभालाई सम्बोधन गदै भने, हामीले घोषणा पत्रजारी गरेका छौं। यस निर्वाचनमा ४० वटा काम ग्यारेन्टी भनेका छौं।’

उनले महिलालाई स्यानीटर प्याड खरिद गर्न महिनाको १२५ रुपियाँ र वर्षको १५ हजार रुपियाँ बैंक खाता खोलेर पठाई दिने एमालेले व्यवस्था गरेको दाबी गरे। पहिला जेष्ठ नागरिकलाई भत्तादिन सुरु गर्दा कनिका छरो  भन्नेहरु आज हामीसँग नक्कली प्रतिस्पर्धा गरि रहेका छन्, उनले भने। देशलाई विकासको अभियान हाक्न सक्ने राष्ट्रिय शक्ति पनि चाहिएको छ, अध्यक्ष ओलीले भने मेचीदेखि महाकालीसम्म एउटै गन्तव्य, एउटै नीति, एउटै कार्यक्रम बोकेरे विभिन्न क्षेत्रका विकासका कार्य अगाडी बढाउन सक्ने सुदृढ राष्ट्रिय शक्ति चाहिएको छ।  

प्रकाशित: २८ कार्तिक २०७९ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App