१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गोरखामा एमाले कार्यकर्तामाथि आक्रमण

गोरखामा एमालेका एकजना कार्यकर्तामाथि कुटपिट भएको छ। पालुङटार नगरपालिका–७, च्याङलीको म्याङगो गार्डेन रिसोर्टमा आइतबार राती खाना खाँदै गर्दा एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्ले माथि आक्रमण भएको हो। 

कुटपिटबाट काफ्ले गम्भिर घाइते भएका छन्। उनको टाउकोमा सातवटा टाका लगाइएको छ। आक्रमणकारीले काफ्लेलाई बोटलले हानेका थिए। उनीसँगै एमालेकै खेलकुद महासंघका केन्द्रीय सदस्य दीपक तामाङ पनि सामान्य घाइते भएका छन्। काफ्लेको अहिले काठमाडौंमा उपचार भइरहेको छ।

काफ्लेमाथि आक्रमण गरेको आरोपमा तनहुँका अजित पन्त र राम सापकोटालाई पक्राउ गरेको गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए। पिटाई खाने र पिट्ने दुवै एमाले कार्यकर्ता रहेको श्रोतले बताएको छ। पक्राउ परेका पन्त र सापकोटा तनहुँका युवा हुन। च्याङली तनहुँ र गोरखाको सिमा क्षेत्रमा पर्छ।  

प्रकाशित: २८ कार्तिक २०७९ ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App