५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्ट कार्यान्वन गरेरै छोड्छौंः विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्ट कार्यान्वन गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्।  

आइतबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच उपाध्यक्ष पौडेलले आफूले गरेका काम र भावी योजना समेट्दै चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन्।  

उनले आयोजना शुरु गरेर अन्त्य गर्ने बिन्दुमा पु¥याएर छोड्ने पनि बताए। उपाध्यक्ष पौडेलले कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्टबाट १४० मेगावाट विद्युत उत्पादन गर्ने र १ लाख भन्दा बढी हेक्टर जमिनमा सिंचाई पुग्ने बताए। उनले कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्टमा विभिन्न व्यवधान आउनसक्ने उल्लेख गर्दै यसलाई कार्यान्वयन गरेरै छोड्ने बताए।  

उनले विगतका निर्वाचनमा पनि भूमिहीन र सुकुम्वासीका समस्या समाधान गरेको उल्लेख गर्दै अबका दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए। सुकुम्वासी र भूमिहीनका समस्या समाधानका लागि कानूनका आधारमा समस्याको स्थायी समाधान गर्ने उनले उल्लेख गरे।  

उपाध्यक्ष पौडेलले सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि सरकारी कार्यालय प्रशासनिक तथा प्राविधिक कर्मचारीलाई कर्तव्यपरायण, सक्षम र परिणाममुखी बनाउने, प्रशासनिक संयन्त्रलाई भ्रष्टाचारमुक्त बनाउने बताए। उनले सार्वजनिक सेवाप्रवाहलाई विश्वसनीय, पारदर्शी र भरपर्दाे बनाउन सबै सरकारी कार्यालयहरूमा विद्युतीय सुशासन प्रणाली कार्यान्वयन गरिने बताए।  

प्रकाशित: २० कार्तिक २०७९ ११:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App