२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेस प्रदेश सरकारबाट काँग्रेसका मन्त्री हटाउने मुख्यमन्त्रीको तयारी

फाइल तस्बिर।

मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ गठबन्धन दलका मन्त्रीहरुलाई प्रदेश सरकारबाट हटाउने तयारी गरेको छ।  

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारबाट जसपा चार मन्त्री हटाएपछि मधेश प्रदेशका मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा रहेका सत्तारुढ गठबन्धन दलका मन्त्री हटाउन लागेको हो।

मधेश प्रदेश सरकारमा नेपाली काँग्रेसबाट भौतिक तथा पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला बालबिकास युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहलाई मुख्यमन्त्री राउतले हटाउने तयारीमा रहेको छ। मुख्यमन्त्री राउतले फोन गरेर राजीनमा मागेको छ, राजीनमा नदिए उनीहरुलाई आजै पदमुक्त गर्ने तयारी रहेको स्रोतले जनाए।

मधेश सरकारमा एकीकृत समाजवादीबाट शत्रुधन महतो, कानुन, न्याय तथा प्रदेशसभा ममिलामन्त्री प्रमोद यादव, राज्यमन्त्री नागेन्द्र यादव रहेका छन्। त्यस्तै माओवादीबाट गृह तथा सूचना तथा संचारमन्त्री भरत प्रसाद साह र राज्यमन्त्री रुवी कुमारी कर्ण रहेकी छन्।

यसअघि सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस,एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्रीलाई हटाउने तयारी गरेपनि जसपाले पुनरविचार गरी काँग्रेसको मन्त्री मात्र हटाउने निष्कर्षमा पुगेको हो। यता मुख्यमन्त्री राउतले काँग्रेसका मन्त्रीहरुलाई मात्रै फोन गरेर राजीनामा मागेकाले आफूहरुले राजीनामा नदिने निर्णयमा पुगेको काँग्रेसका एक मन्त्रीले बताए।  

चार मन्त्रीसहित संघीय सरकारमा सहभागी जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले बिहीबार जसपाका चार मन्त्री संघीय ममिला तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राइ, वन तथा वातावरण मन्त्री प्रदिप यादव र कृषी तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र बर्खास्त गरेका थिए।

प्रकाशित: २८ आश्विन २०७९ ०७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App