८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सात घण्टादेखि काँग्रेस र लोसपाका नेताहरुबीच बालुवाटारमा छलफल

आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँटको विषय टुंग्याउने गरी नेताहरु सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झाले जानकारी दिए। उनले भने, ‘उहाँ (नेताहरु) सात घण्टादेखि निरन्तर छलफलमै हुनुहुन्छ । सिट बाँडफाँटको टुंगो लगाएर मात्रै फर्किनुहुन्छ ।’

सत्ता गठबन्धनको सहयात्री दल जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोसपा गठबन्धनमा सहभागी भएको छ । छलफलमा काँग्रेसकातर्फबाट प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सहभागी छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु शरत्सिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायत सहभागी छन् ।

प्रकाशित: २२ आश्विन २०७९ १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App