२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा सबैभन्दा कम मतदाता याङ्मा र सबैभन्दा बढी हाङ्पाङमा

आउँदो प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको क्रममा ताप्लेजुङमा सबैभन्दा कम मतदाता फक्ताङलुङ गाउँपालिकाको याङ्मा आधारभूत विद्यालय मतदान स्थलमा हुने भएका छन्।

त्यहाँ ६१ जना मतादाता कायम भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए। त्यसपछि फक्ताङ्लुङ गाउँपालिकाकै ग्याब्ला आधारभूत विद्यालय मतदानस्थलमा ६७ मतादाता कायम हुने छन्। सबैभन्दा बढी मतदाता भने आठराई त्रिबेणी गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय हाङ्पाङ मतदानस्थलमा हुने भएका छन्। त्यहाँ २ हजार ५ सय ९७ मतदाता रहने छन्। यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाको नाङ्खोल्याङस्थित कालिका माध्यमिक विद्यालयमा २ हजार ५ सय ५६ मतदाता हुनेछन्।  

कुन स्थानीय तहमा कति मतदाता,कति मतदान केन्द्र

जिल्ला निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिकामा कायम भएका छन्। १७ हजार ३ सय ३२ मतदाता कायम भएका छन्। फुङलिङमा २० वटा मतदान केन्द्र रहने छन्। सिरिजङ्गा गाउँपालिकामा ११ हजार ३ सय ९० मतदाता र १६ मतदान केन्द्र कायम भएका छन्। पाथीभरा याङ्वरक गाउँपालिकामा ९ हजार ७ सय ६२ मतदाता र १३ मतदान केन्द्र कायम भएका छन्। आठराई त्रिबेणी गाउँपालिकामा ९ हजार ४ सय ५० मतदाता र १२ मतदान स्थल कायम भएका छन्। यस्तै फक्ताङ्लुङ गाउँपालिकामा ८ हजार ९ सय १७ मतदाता र १५ मतदान केन्द्र कायम हुँदा सिदिङ्वा गाउँपालिकामा ८ हजार ७ सय ६५ मतदाता र १३ मतदान केन्द्र कायम भएका छन्। यस्तै मेरिङ्देन गाउँपालिकामा ८ हजार ३ सय ४९ मतदाता र ११ मतदान केन्द्र,मैवाखोला गाउँपालिकामा ७ हजार ४ सय ६७ मतदाता र १२ मतदान केन्द्र तथा मिक्वाखोला गाउँपालिकामा ६ हजार ८ सय ५३ मतदाता र ११ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।  

२०७४ भन्दा प्रदेशसभा १ ‘क’ र ‘ख’मा कति बढे मतदाता  

कूल ८८ हजार २ सय ८५ मतदाता कायम भएको ताप्लेजुङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १(क) निर्वाचन क्षेत्रमा अहिले ४८ हजार ७ सय ६१ मतदाता भएका छन्। २०७४ सालमा यहाँ ४३ हजार ५ सय ३६ मतदाता थिए। यहाँ ५ हजार २ सय २५ मतदाता बढेका छन्। यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १(ख)मा अहिले ३९ हजार ५ सय २४ मतदाता कायम भएका छन्। २०७४ सालको निर्वाचनमा प्रदेश १(क)मा ३४ हजार ८ सय ६१ मतदाता थिए। त्यहाँ ४ हजार ६ सय ६३ मतदाता बढेका छन्।  

 

 

प्रकाशित: २ आश्विन २०७९ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App