२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

गिरीको निधनबाट नेपाली राजनीतिमा अभावको अनुभूति भएको छ: प्रचण्ड

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा अभावको अनुभूति भएको बताएका छन्।

प्रचण्ड सामाजिक सञ्जालमा लेखेका छन्,'नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ। गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु।'  

गिरिको ७५ वर्षको उमेरमा शनिबार राति निधन भएको थियो। उनी लामोसमयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए।

प्रकाशित: ५ भाद्र २०७९ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App