२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

नागरिकता विधेयक विषयगत समितिमा पठाउने एमालेको अडान यथावत

नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने एमालेले अडान लिएको छ। 

आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङले नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरेका छन् । अन्यथा राष्ट्रपति संस्थामाथि प्रश्न उठाएको ठहरिने एमालेको जिकिर छ । राष्ट्रपतिले सन्देशसहित पुनर्विचार गर्न फिर्ता पठाउनुलाई राजनीतिक रुपले हेर्न नहुने एमालेको तर्क छ।  

बैठकमा सचेतक भट्टराईले भने, ‘यसलाई समितिमा लैजाऔं, छलफल गरौं, बहुमत अल्पमतले निर्णय गर्न मिलिहाल्छ । बहुमतले नै पास गर्नुहोला तर कम्तीमा छलफल होस्।’ पुनर्विचारका लागि भनेर आइसकेपछि राष्ट्रपतिको मान राखिदिन पनि समितिमा छलफलका लागि लैजानुपर्ने उनको भनाइ थियो।

‘छलफल नै भएन र भयो भन्नुले अर्थ राख्छ। सदनमा छलफल गरेको भनी बोल्न दिने र केही नचलाई पास गर्ने कुराले ठिक नजिर बस्दैन । यसो गरे गलत हुन्छ,’ भट्टराईले भने।

यस्तै एमालेका अर्का सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउन सुझाव राखेका छन्। यसका लागि उनले  सर्वदलीय बैठक बोलाउन माग गरे।

प्रकाशित: २ भाद्र २०७९ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App