८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकता नहुने महासचिव पोखरेलको दाबी

फाइल तस्बिर।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्न तत्काल सम्भव नरहेको बताएका छन्। उनले आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिने पार्टीसँग मिलेर वाम एकता हुन नसक्ने बताए।

आइतबार भैरहवामा गरेको नेकपा एमालेको जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पोखरेलले एमालेविरूद्ध मोर्चाबन्दी गर्नेलाई ल्याएर वाम एकता हुन नसक्ने बताएका हुन्। उनले विगतमा एमाले फुटाएर बनेको पार्टी सफल नभएको र यसपटक पनि नहुने दाबी गरे।

‘माओवादी र नेकपा एकीकृत समाजवादीको विचार, गन्तव्य, लक्ष्यमा नै द्विविधा छ, आफ्नै पार्टी फुटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता रहेका पार्टीबाट मुलुकको समृद्धिको सपना नदेखे हुन्छ,’ उनले भने।

प्रकाशित: २२ श्रावण २०७९ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App