१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

महानगरको न्यायिक समितिले पायो पूर्णता

विराटनगर महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सञ्चालनमा आएको छ। समितिले पूर्णता पाएसँगै सोमबारदेखि इजलास सुरू भएको हो।  

शनिबार सम्पन्न १० औं  नगर सभाको दोस्रो बैठकले समितिमा दुई जना सदस्य नियुक्त गरेको थियो। नवनियुक्त सदस्यहरू तीर्थेन्द्र न्यौपाने र रुपा देउजालाई समितिकी संयोजक तथा उपमेयर शिल्पा निराला कार्कीले सफथ गराईन्। नेउपाने विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हुन् भने देउजा विराटनगर ९ की वडा सदस्य हुन्।  

सदस्यहरुको सफथग्रहणसँगै सोमबारदेखि महानगरपालिकाको न्यायिक इजलास पनि सुरु भएको कानुन शाखाकी कानुन अधिकृत शारदा थपलियाले बताइन्। उनका अनुसार हप्तामा दुई दिन सोमबार र बुधबार न्यायिक इजलास सञ्चालन हुनेछ। 

समितिमा विशेष गरी अंश, जग्गाको सीमाना, छाडा चौपाया, कुटपिट, गालीबेइज्जती, फोहोरमैलालगायतका उजुरीहरु बढी दर्ता हुने गरेको छ। न्यायिक समितिमा चालु आर्थिक वर्षको हालसम्म २ सय ४ वटा उजुरी दर्ता भएकोमा १ सय ६३ वटा फस्र्यौट भइसकेको कानुन शाखाकी शाखा अधिकृत थपलियाले जानकारी दिइन्।

प्रकाशित: २७ असार २०७९ १४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App