१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नवनिर्वाचित मेयर र उपमेयरलाई २५ किलोको मालाले सम्मान

कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरलाई स्थानीय एक संस्थाले स्वागतसहित सम्मानित गरेको छ। दियालो नेपाल कपिलवस्तुले शिवराज नगरपालिकाका नवनिर्वाचित अजय थापा र उपमेयरमा शिवकुमारी थारुलाई २५/२५ किलोका माला लगाई सम्मानित गरेको हो।

संस्थाका अध्यक्ष तारा थापा तथा संस्थापक अध्यक्ष मिना परियारले दुवैलाई फूलमाला लगाइ सम्मान गरेका हुन्। दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष समेत रहेकी परियारले निर्वाचित प्रतिनिधिहरुसँग नगरवासिहरुले ठूलो आशा र अपेक्षा राखेकोले पाँच वर्षमा नमुना काम गर्न आग्रह गरिन्। उनले मेयर थापालाई नगरको विकासमा थप जिम्मेवारी आएको बताइन्।

यस्तै सम्मान ग्रहण गर्दै मेयर थापाले शिवराजको विकास र समृद्धीमा आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफूले दलगत नभै समग्र शिवाराज नगरपालिकाको विकासमा लागी पर्ने उनले बताए। उनले शिवराज नगरपालिकालाई नमुना बनाउने बताए।

उपमेयर शिवकुमारी थारुले विगत ५ वर्षमा धेरै कामको अनुभव भएकोले अब नगरमा महिला किशोर किशोरीहरुको लागि प्रभावकारी काम गर्ने बताइन्। उक्त कार्यक्रममा राप्रपाका प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले नवनिर्वाचित मेयर उपमेयरलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिए।

प्रकाशित: ७ जेष्ठ २०७९ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App