७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सुशासनसहितको दिगो विकास उच्च प्राथमिकतामाः नगर प्रमुख मादेन

ताप्लेजुङको फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले सुशासनसहितको दिगो विकास आफ्नो प्रमुख प्राथमिकतामा पर्ने बताएका छन्।

नगर क्षेत्रका सडकको स्तरोन्नती, शैक्षिक क्षेत्रको व्यवस्थापन र पाथीभरा क्षेत्रमा बढीभन्दा बढी पर्यटक भित्र्याउन वातावरण बनाउने कार्य आफ्नो पहिलो प्राथमिकतामा रहेको मादेनले बताए। मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश प्रकाश राउतबाट सपथ ग्रहण गरेलगत्तै नगरपालिकाको कार्यालयमा पुगी पदभार ग्रहण गर्दै मादेनले नगरवासीले चाहे जस्तो नगर बनाउन आफूले मेहनेत लगाउने बताए।

उनले जनताल चाहेको काम छिटोछरितो ढंगले प्रवाह होस् भन्ने आफूले चाहेको बताउँदै कर्मचारी प्रशासनबाट यस कार्यमा कुनै कञ्जुस्याँइ नहुने विश्वास लिए। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई केन्द्रमा राखेर आफूले काम गर्ने उनको भनाइ थियो। मादेनले सुशासन सहितको दिगो विकासको लक्ष्य प्राप्तिका लागि सबैसंग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको बताए।

उनले कर्मचारी संयन्त्रबाट हुने सेवा प्रवाह चुस्त, व्यवस्थित, सहज रजनमुखदी तवरले हुने विश्वास राख्दै आफू यस कार्यको सहजीकरणका लागि तयार रहेको दोहोर्‍याए। नगरप्रमुख मादेनलाई फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल नेतृत्वको प्रशासकीय टोलीले स्वागत गरेको थियो। 

प्रकाशित: ६ जेष्ठ २०७९ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App