१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सिरिजङ्गा गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका अध्यक्षमा कांग्रेसका लालकृष्ण चौहान विजयी भएका छन्। उनले प्रतिस्पर्धी एमालेका सन्तोष चाम्लिङलाई ६८ मतले पराजित गरे।

चौहानले ३ हजार ३ सय ४३ मत पाए भने चाम्लिङले ३ हजार २ सय ७५ मत पाए। उपाध्यक्षमा माओवादी केन्द्रका डाक्टर चित्र मावो निर्वाचित भए।

उनले एमालेकी तुलसा बस्नेतलाई १ हजार १ सय २१ मतले पराजित गरे। मावोले ३ हजार ५ सय ४६ मत ल्याउँदा बस्नतेले २ हजार ४ सय २५ मत ल्याइन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App