२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा ४५ जनाले लिए उम्मेदवारी फिर्ता

ताप्लेजुङमा १ प्रमुख,१ उपप्रमुख, ६ उपाध्यक्षसहित ४५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार १ नगरप्रमुख, १ पालिका अध्यक्ष, १ नगर उपप्रमुख र ६ जना उपाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन्।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी दिनेश खनालका अनुसार फुङ्लिङ नगरपालिकामा उम्मेदवारी दर्ता गराएका १ प्रमुख, १ उपप्रमुख, मिक्वाखोला गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका १ पालिका अध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तै सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट उम्मेदवारी गराएका रेणुका पन्दाकसहित ३, मेरिङ्देन गाउँपालिकामा उम्मेदवारी दर्ता गराएका एमाले उम्मेदवार टीकामाया लिम्बु, पाथीभरा याङ्बरकमा उम्मेदवारी दर्ता गराएका १ र मिक्वाखोलामा उम्मेदवारी दर्ता गराएका १ गरी ६ जना उपाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन्।

यसैगरी विभिन्न स्थानीय तहको वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका १४, वडा सदस्य १५,महिला सदस्य ५ र दलित महिला सदस्य २ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

सिदिङ्वा र मेरिङ्देनमा बदलियो समीकरण

उम्मेदवारी फिर्ता प्रक्रियामा ताप्लेजुङको मेरिङदेन र सिदिङ्वा गाउँपालिकाको राजनीतिक समीकरण बदलिएको छ। त्यहाँ माओवादीका वागी उम्मेदवारलाइ एमालेले सघाउने भएको छ। यि दुबै स्थानमा अब अब कांग्रेस सहितको सत्ता गठबन्धन पक्ष र एमाले र माओवादी केन्द्रको बागी पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ।

मेरिङ्देनमा एमालेले उपाध्यक्ष पदका उम्मेदवार टीकामाया लिम्बुको उम्मेदवारी फिर्ता लिएको छ। अब एमालेले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दाबाछिरिङ शेर्पा(विशालु)लाई सघाउने देखिएको छ।

यद्यपी एमालेले यसबारेमा आधिकारिक धारणा सार्वजनिजक गरेको छैन। अब त्यहाँ गठबन्धन पक्षबाट अध्यक्षको उम्मेदवार बनेका काँग्रेसका डम्बर हाङ्गाम,एमालेका केदारजंग श्रेङ्चोङवाङ, जनता समाजवादी पार्टीका दावा शेर्पा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आसकुमार लिम्बुबीच प्रतिस्पर्धा हुने देखिएको छ।

उपाध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा एसका दुर्गाहाङ श्रेङचोङ्वाङ,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रूपा चोङ्वाङ र एमालेको सर्मथन प्राप्त भएको दावी गरिएका गठबन्धनका वागी केन्द्रका वागी उम्मेदवार शेर्पाबीच उपाध्यक्षमा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।

पार्टीले टिकट नदिएपछि उपाध्यक्षमा माओवादी केन्द्रका शेर्पाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए। गठबन्धन गर्दा त्यहाँ उपाध्यक्ष नेकपा एसको भागमा लागेको थियो। यस्तै सिदिङ्वामा एमालेले रेणुका पन्दाकको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई सघाउने भएको छ।

निवर्तमान उपाध्यक्ष रहेका ताम्लिङलाइ माओवादी केन्द्रले टिकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए। काँग्रेससंग समीकरण गरेको माओवादीले त्यहाँ उपाध्यक्षमा कृष्णकुमारी (बन्दना)कडरियालाई उठाएको छ। 

प्रकाशित: १८ वैशाख २०७९ ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App