२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

२५ वर्षदेखि ७१ वर्षसम्मका उम्मेदवार चुनावी मैदानमा

आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा २५ वर्षका युवादेखि ७१ वर्षीय वृद्धासम्म चुनावी मैदानमा देखिएका छन्।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट आठराइ त्रिबेणी गाउँपालिकामा अध्यक्षका उम्मेदवार नरेन्द्र आङबुहाङको उमेर २५ वर्ष देखिएको जिल्ला निर्वाचन कार्यालयले बताएको छ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिपिन दुलालका अनुसार फक्ताङ्लुङ गाउँपालिकामा गठबन्धनका उपाध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका रवीन साम्रा २६ वर्षीय हुन्। यो निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये सिदिङ्वा गाउँपालिका वडा नं १ कालिखोलामा वडाध्यक्षका उम्मेदवार बनेका बिजयप्रकाश चापागाईं ७१ वर्षका छन्।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका उनी यो निर्वाचनमा उम्मेदवारी दिएका मध्ये सबैभन्दा जेष्ठ देखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०७९ १४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App