१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

गोरखाका ११ पालिकामा दलहरुको उत्साहजन उम्मेदवारी

उम्मेदवारी दर्ता गराउन मूख्य निर्वाचन अधिकृतको कार्यालयमा जाँदै गरेका दलहरु। तस्बिर: नागरिक

स्थानीय निर्वाचन २०७९ का लागि गोरखाका राजनीतिक दलहरुले उत्साहजनकरुपमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस, माओवादी, एमाले, जनता समावजादी लगायतका पार्टी ठूलो संख्यामा कार्यालयसहित बाजागाजा बजाउँदै तामझामले उम्मेदवारी दर्ता गराउन पुगेका थिए। ठुला तीन दलले सबै पालिकाको प्रमुख उपप्रमुख र वडामा पनि उम्मेदवारी दिएको बताएका छन्।  

नेकपा एमाले गोरखाले सबै पालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारी दर्ता गराएको छ। जस अनुसार गोरखा नगरपालिकामा मेयर सम्झना देवकोटा, उपमेयर दिनेश तमुले उम्मेदवारी दिएका छन्।पालुङटार नगरपालिकामा मेयरमा हरी भट्ट र उपमेयरमा पार्वती पाठकले उमेदवारी दर्ता गराएका छन्। सिरानचोक गाउँपालिका प्रमुखमा देवराज श्रेष्ठ र उपप्रमुख सशी देवकोटा, अजिरकोट गाउँपालिकाको अध्यक्षमा गिता पोखरेल र उपाध्यक्षमा शेखर न्यौपानेले उमेद्वारी दर्ता गरेको नेकपा एमाले गोरखाले जनाएको छ।

त्यस्तै, बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा हरी बस्नेत, उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ, भिमसेनथापा गाउँपालिका अध्यक्षमा सुरेश श्रेष्ठ र उपाध्यक्षमा रुपा भट्ट, आरुघाट गाउँपालिका अध्यक्षमा कृष्ण नेपाली, उपाध्यक्षमा सिता दाहालले उम्मेदवारी दिएका छन्।

धार्चे गाउँपालिकाको अध्यक्षमा सुक बहादुर घले र उपाध्यक्षमा आशा गुरुङ, शहिदलखन गाउँपालिका अध्यक्षमा मनोज जोशी र उपाध्यक्षमा लुना थापा, गण्डकी गाउँपालिका अध्यक्षमा विष्णु पन्त र उपाध्यक्षमा रेनुका नहर्की र चुमनुब्री गाउँपालिका अध्यक्षमा सुक गुरुङ र उपाध्यक्षमा सानु गुरुङले उम्मेदवारी दर्ता गरेको नेकपा एमाले गोरखाका सचिव काजिराम रोकाले जानकारी दिए।

यी हुन् माओवादीबाट प्रमुख उपप्रमुख उम्मेदवार

नेकपा माओवादी केन्द्र गोरखाले ११ वटै पालिकामा प्रमुख, उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ। गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना र उपमेयरमा धना तमु कोईरालाले उम्मेदवारी दर्ता गराएका छन्।  

पालुङटार नगरपालिका मेयरमा बिवस चिन्तन, उपमेयर बन्दना पाण्डेले उम्मेदवारी दिएका छन्।  

भिमसेन थापा गाउँपालिका अध्यक्षमा लोकप्रसाद बञ्जरा, उपाध्यक्ष जुनु श्रेष्ठ, अजिरकोटमा दिपक देवकोटा, अनिता भुजेल, धार्चेमा लक्ष्मण गुरुङ, सुनिला गुरुङ, बारपाक सुलिकोटमा यस अघिकै अध्यक्ष बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ, गण्डकी गाउँपालिका अध्यक्षमा दिपक तिमल्सिना, उपाध्यक्ष पार्वती गुरुङ, शहीदलखन गाउँपालिका अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारीले उम्मेदवारी दर्ता गराएका छन्। यी दुबै दोहोरिएका हुन्।  

आरुघाट गाउँपालिकामा ऋषि खनाल, पार्वती सापकोटा, सिरानचोक गाउँपालिका अध्यक्षमा नवराज पुडासैनी, पूर्णकुमारी कंडेल, चुमनुब्री गाउँपालिका अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।

यी हुन् कांग्रेसका प्रमुख, उपप्रमुख उम्मेदवार  

नेपाली कांग्रेस गोरखाले ११ वटै पालिकामा मनोनयन दर्ता गराएको छ। गोरखा नगरपालिकाको मेयरमा राजनराज पन्त, उपमेयर मसलीमाया थोकर (सपना पुन) ले उम्मेदवारी दर्ता गराएका छन्।  

पालुङटार नगरपालिकामा दिपक कंडेल र चेतकुमारी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।  

अजिरकोट गाउँपालिका अध्यक्षमा गोबिन्द गुरुङ, उपाध्यक्ष इन्द्र गुरुङ, सिरानचोक गाउँपालिकामा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रिता देवकोटाले उम्मेदवारी दर्ता गराएका छन्।  

गण्डकी गाउँपालिकामा अध्यक्ष होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारीले उम्मेदवारी दिएका छन्। भिमसेन थापा गाउँपालिका अध्यक्षमा रोसन गुरुङ, उपाध्यक्ष अमृता वस्तीले उम्मेदवारी दिएका छन्। आरुघाट गाउँपालिका अध्यक्षमा राजु गुरुङ, उपाध्यक्ष कल्पना नेपालीले उम्मेदवारी दर्ता गराएका छन्। धार्चे गाउँपालिकामा अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमाया गुरुङ उम्मेदवार बनेका छन्।  

चुमनुब्री गाउँपालिका अध्यक्षमा कांग्रेसबाट धनबहादुर गुरुङ, उपाध्यक्ष मेन्टोक छोकी लामाले उम्मेदवारी दिएका छन्।

बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा जितबहादुर घले र उपाध्यक्षमा जानुका सापकोटा उम्मेदवार बनेका छन्। यस्तै शहीदलखन गाउँपालिका अध्यक्षमा नारायण लामिछानेले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा सर्मिला श्रेष्ठले उम्मेदवारी दिएकी छिन्। अधिकासं अध्यक्ष, उपाध्यक्ष दोहोरिएका छन्।

यी हुन् गोरखाकमा जसपाका प्रमुख, उपप्रमुख उम्मेदवार

जनता समावजवादी पार्टीले गोरखाको नगर तथा गाउँपालिकामा प्रमुख उपप्रमुखको उमेदवारी दर्ता गराएको छ।

गोरखा नगरपालिका मेयरमा सञ्जु भट्ट नेपाली, उपमेयरमा नारायण खत्री, पालुङटार नगरपालिकामा मेयर प्रेम बहादुर गुरुङ, उपमेयर नारायणी अधिकारी, बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा जीवन श्रेष्ठ, भीमसेन थापा गाउँपालिका अध्यक्षमा मिलन न्यौपाने, उपाध्यक्ष रोहित पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।

अजिरकोट गाउँपालिका उपाध्यक्षमा मनबहादुर तामाङ, आरुघाट गाउँपालिका अध्यक्ष राजेन्द्र पराजुली, उपाध्यक्ष तृष्णा बराम, धार्चे गाउँपालिका अध्यक्ष बिसबहादुर गुरुङ, चुमनुब्री गाउँपालिकामा अध्यक्ष गणेश कार्की, शहीदलखन गाउँपालिका अध्यक्ष कल्पना थापा, उपाध्यक्ष मनोज श्रेष्ठ, गण्डकी गाउँपालिकामा उपाध्यक्ष भिम श्रेष्ठ, सिरानचोक गाउँपालिकामा अध्यक्ष चित्रबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन्। 

नेकपा एकिकृत समाजवादीको तर्फबाट गोरखा नगरपालिकाको मेयरमा यादव बस्नेत, उप मेयरमा सानुमाया बस्नेतले उम्मेदवारीदर्ता गराएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा रुद्रराज पाण्डे र उपमेयरमा सम्झना नेपालीले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: १२ वैशाख २०७९ १३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App