५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशः मन्त्री थापाले तलबभत्ता समाजसेवामा खर्चिए

तलबभत्ता सामाजिक कार्यका लागि खर्च गरेको विवरण सार्वजनिक गर्दै गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापा। तस्बिरः नागरिक

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले आफ्नो तलव, भत्ता समाजसेवामा खर्चिदै आएका छन्। कास्की–२ (क)बाट निर्वाचित सांसद थापाले उम्मेदवार हुँदा घोषणा गरेको बाचा अनुसार तलव, भत्ता समाजसेवामा खर्चिदै आएका हुन्।

मन्त्री थापाले गतवर्ष करिब १५ लाख रुपैयाँ समाजसेवामा खर्चिएको सोमबार पोखरामा पत्रकार भेटघाट गरी जानकारी दिए। उनका अनुसार सांसद र मन्त्रीका रुपमा तलव, भत्ता वापत गत वर्ष १३ लाख ६६ हजार ३ सय ६० रुपैयाँ २९ पैसा बैंक खातामा जम्मा भएको थियो। यसमा १ लाख २० हजार ५ सय ४७ रुपैयाँ थपेर कुल १४ लाख ८६ हजार ९ सय ७ रुपैयाँ आफूले सामाजिक कार्यमा खर्चिएको उनले बताए।

मन्त्री थापाले समाजसेवा अन्तर्गत सडक मर्मतसम्भार, भवन निर्माण, एम्बुलेन्स खरिद, महिलाहरुको स्वास्थ्य परीक्षण, खानेपानी, सडक बत्ती, खेलकुद, गरीब, दुःखीलगायतलाई उपचारका लागि आर्थिक सहयोग लगायतमा खर्च गरेका छन्। मन्त्री थापाले ४० शीर्षकमा खर्च गरेको बताएका छन्।  

खर्च सार्वजनिक गर्दै मन्त्री थापाले राजनीति आफ्ना लागि पेशा नभई सेवा भएको बताए। ‘राजनीति मेरो लागि सेवा हो। पेशाका रुपमा कदापी लिएको छैन। मेरो व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन। तसर्थ राजनीतिमा लागेर आर्थिक उपार्जन गर्ने भन्दा पनि निस्वार्थ रुपमा जनताको सेवा गर्नु मेरो मुल ध्येय हो र निर्वाचित भएदेखिनै त्यसैमा प्रतिबद्ध छु ’उनले भने।  

प्रकाशित: १५ चैत्र २०७८ १०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App