५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमसिसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

एमसिसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी) को  स्थायी कमिटी बैठक बस्दैछ। बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए।  

उनका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ। सरकारले एमसिसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन्।

माओवादीले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ। एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ। आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएको छ।

प्रकाशित: ७ फाल्गुन २०७८ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App