२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा मतदाता ९१ हजार नजिक,२०७४ को तुलनामा २० हजार बढी थपिए

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा करिब ९१ हजार मतदाता हुने भएका छन्। जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सुचना अधिकारी बिपिन दुलालका अनुसार २०७८ साल माघ २४ गतेसम्म दर्ता भएकासहित यहाँ ९० हजार ९ सय ३४ जना मतदाता रहेका छन्। यो २०७४ सालको स्थानीय तहको निर्वाचनमा भन्दा २० हजार १ सय ५६ ले बढी हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७० हजार ७ सय ७८ जना मतदाता रहेका थिए। 

२०७४ सालको स्थानीय तहको निर्वाचन पछि भने यहाँ ११ हजार २ सय २ पुरुष र ८ हजार ९ सय ५४ महिला मतदाता थपिएका छन्। आगामी स्थानीय तहको निर्वाचनका लागि यहाँ पुरुष मतदाता बढी छन्। निर्वाचन कार्यालयका अनुसार आउँदो निर्वाचनका लागि ४८ हजार ३ सय ८९ पुरुष र ४२ हजार ५ सय ४५ महिला मतदाता रहने छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३७ हजार १ सय ८७ पुरुष र ३३ हजार ५ सय ९१ महिला मतदाता थिए।  

कुन स्थानीय तहमा कति मतदाता?

जिल्ला निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङका ९ स्थानीय तह सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिकामा रहेका छन्। फुङ्लिङमा १७ हजार ३ सय ४७ जना मतदाता रहेका छन्। 

यस्तै सिरिजङ्गा गाउँपालिकामा ११ हजार ८ सय ७६,पाथीभरा याङ्वरक गाउँपालिकामा १० हजार ८६ जना,आठराइ त्रिबेणी गाउँपालिकामा ९ हजार ८ सय ४५ जना र सिदिङ्वा गाउँपालिकामा ९ हजार ६१ जना मतदाता रहेका छन्। 

यस्तै फक्ताङ्लुङ गाउँपालिकामा ९ हजार ७ जना,मेरिङ्देन गाउँपालिकामा ८ हजार ७ सय ६८ जना,मैवाखोला गाउँपालिकामा ७ हजार ९ सय ३० जना र मिक्वाखोला गाउँपालिकामा ७ हजार १४ जना मतदाता रहेका छन्। ताप्लेजुङका सबै स्थानीय तहमा महिला तथा पुरुष मतदाता बढी देखिएका छन्। फुङ्लिङ नगरपालिकामा महिला र पुरुष मतदाता हाराहारी रहेपनि अन्य सबै पालिकामा पुरुष मतदाता बढी देखिएका छन्।

प्रकाशित: २ फाल्गुन २०७८ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App