९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपा (माओवादी केन्द्र)मा उदयपुरका दुई केन्द्रीय सदस्य

भर्खरै सम्पन्न नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीमा उदयपुरबाट दुईजना केन्द्रीय सदस्य छानिएका छन्। राजधानीमा पुस ११ गतेदेखि १८ गतेसम्म चलेको आठौँ महाधिवेशनबाट उदयपुृरबाट सुरेशकुमार राई (हिमाल) र मणि खम्बु किराती (रिवासी) केन्द्रीय सदस्यमा चयन भएका हुन्।

सर्वसम्मत केन्द्रीय सदस्य छानिएका उनीहरुमध्ये हिमाल प्रदेश १ का निवर्तमान अध्यक्ष तथा हालका प्रतिनिधिसभा सदस्यसमेत हुन्। उनी ०७४ को संघीय चुनावमा उदयपुर निर्वाचन क्षेत्र २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। त्यस्तै रिवासी ०६४ मा  सम्पन्न पहिलो संविधानसभा चुनावमा तत्कालीन उदयपुर २ बाटै निर्वाचित सभासद हुन्।

हिमाल खुल्लातर्फबाट र रिवासी महिलातर्फबाट केन्द्रीय सदस्यमा चयन भएको पार्टी उदयपुर समन्वय कमिटीले जनाएको छ। समन्वय कमिटी अध्यक्ष विनोद कटुवाल (दिवस) का अनुुसार केन्द्रीय सदस्यमा उदयपुरबाट अन्य नेताहरुको पनि दावी रहेको थियो।

प्रकाशित: २१ पुस २०७८ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App