२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विजय गच्छदारको क्षेत्रमा अनिश्चितकालिन निर्वाचन स्थगित

नेपाली काँग्रेस १४ औं महाधिवेसन अन्तर्गत संघीय निर्वाचन सुनसरी क्षेत्र नं. ३ मा अनिश्चितकालिन निर्वाचन स्थगित भएको छ। पार्टी उपसभापति विजयकुमार गच्छदारले क्षेत्र नं. ३ मा क्षेत्रीय समिति र महाधिवेसन प्रतिनिधी चयनमा सर्वसहमत गर्ने निहुँमा आफ्नो अनुकुलता खोजेपछि सम्भव नभएर स्थगित भएको हो।

गच्छदारले सोमबार मनोनयनको समयलाई एक दिन थपेर लगातार प्रयास गरेपनि सम्भव  नहुँदा बिहीबार निर्वाचन समितिले सूचना टाँस गरेर अर्को सूचना नभएसम्म निर्वाचन हुन नसक्ने जनाएको छ। तीन दिनको सहमतिपछि क्षेत्र नं. ३ मा महाधिवेसन प्रतिनिधी चयनमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता राममचन्द्र पौडेल तथा अर्का नेता शेखर कोइराला पक्षीयबाट व्यक्ति छनोट गरी उनीहरुलाई मात्र मतदान गर्ने योजनाका साथ बिहीबार बिहान छलफल टुंगिएर निर्वाचन प्रक्रिया सुरु हुने क्रममा रहेपनि असन्तुष्ट पक्षले पुनः नाराबाजी गरेकाले सम्भव भएन। ‘दुवै टीमबाट नपरेका साथीहरुको असन्तुष्टिकै कारण नाराबाजीले गर्दा मतदान गर्ने वातावरण बनेन,’ स्थानीय नेता ओम थापाले भने।

बिहीबार दुहवी रंगशालाको मतदान केन्द्रमा भेला भएका प्रतिनिधी तथा उम्मेदवारले मतदान अधिकृतबिरुद्द दुई घण्टासम्म नाराबाजी गरे। त्यसपछि निर्वाचन समितिले अनिश्चितकालका लागि निर्वाचन स्थगित गरेको हो।

मतदान अधिकृत देववनारायण यादवले भने निर्वाचन गराउन निर्वाचन समिति तयार रहेपनि उम्मेदवारका प्रतिनिधी नै मतदान केन्द्रमा नभएको बताए। ‘उम्मेदवारका प्रतिनिधी नै कोही नभएपछि कसरी निर्वाचन गराउने?’ उनले भने। उम्मेदवारका बिना प्रतिनिधी निर्वाचन गराउन नसकिने उनले जिकिर गरे।

चुनाव गराउने मिति टुंग्याउन बिहीबार साँझ पनि उपसभापति गच्छदारको निवासमा जिल्लाका सभापति राजीव कोइरालासहित अगुवा नेताको वार्ता भइरहेको छ। यद्यपी वार्ता टुंगोमा पुग्न सकेको छैन। असन्तुष्ट पक्षले भने जिल्ला कार्यसमितिको निर्वाचन भएपछि मात्र गर्नुपर्ने माग राखेका छन्।

प्रकाशित: ९ मंसिर २०७८ १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App