२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

एमालेको प्रदेशकै कान्छो नगर अध्यक्ष बने कलाकार निर्बिज

रौतहटको फतुवा विजयपुर नगरपालिकाको नगर अध्यक्षमा कलाकार विजय यादव निर्बिज निर्वाचित भएका छन्। सोमबार अबेर रातिसम्म चलेको नगर अधिवेशनले कलाकार विजय यादव निर्बिजलाई सर्वसम्मत नगर अध्यक्ष चुनेको हो।

अभिनयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका निर्बिज नेपाल चलचित्र कलाकर्मी संघको प्रदेश अध्यक्षसमेत हुन्। गायन, अभिनय तथा लेखन क्षेत्रमा लागेका निर्बिज भर्खर तीस वर्षमा टेकेका छन्।

प्रदेश २ का नगर अध्यक्षहरुमा सबैभन्दा कान्छो आफू भएको कलाकार निर्बिजले जानकारी गराएका छन्।

विद्यार्थी जीवनदेखि राजनीतिमा निरन्तर सक्रिय रहेका निर्बिज पूर्वमन्त्री तथा प्रदेशका प्रभावशाली नेता प्रभु साहका स्वकीय सचिव हुन्। कलाकार निर्बिज अध्यक्ष रहेको नगर समितिमा शेरबहादुर पटेल उपाध्यक्ष, उमाकान्त दाहाल सचिव, सञ्जुदेवी साह सहसचिव सर्वसम्मत निर्वाचित भएका छन्।

प्रकाशित: ७ मंसिर २०७८ १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App