२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय जनमोर्चाले एमालेसँग कुनै पनि स्तरमा सहकार्य नगर्ने

राष्ट्रिय जनमोर्चाले प्रतिगमनको पक्षमा रहेका राजावादी र एमालेसँग कुनै पनि स्तरमा सहकार्य नगर्ने नीति पारित गरेको छ। पार्टीको बुटवलमा सम्पन्न बैठकले सो निर्णय गरेको हो। बैठकपछि प्रेस वक्तव्य जारी गर्दै जनमोर्चाले देशमा अझ पनि प्रतिगमनको खतरा कायम रहेकोले त्यसका विरुद्ध लड्न तथा देशलाई प्रतिगमतर्फ जान नदिन ५ दलीय गठबन्धनको अहिले पनि आवश्यकता र औचित्य भएको स्पष्ट पारेको छ।

अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित सो वक्तव्यमा ५ दलीय गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरुबाट प्रयास भैरहेको समेत उल्लेख छ।

 ‘अमेरिकाले एमसिसी पारित गराउन, भारतीय साम्राज्यवादले नेपालमा राजतन्त्र तथा हिन्दूराज्य ब्यूँताउन, एमाले र राजावादीहरुले देशलाई प्रतिगमनतर्फ लैजाने उद्देश्यले काम गरेको छ। नेपाली काँग्रेस एमसीसीको पक्षमा रहेको छ। नेपाली काँग्रेसभित्रबाट तथा अमेरिकी साम्राज्यवादबाट नेकाको नेतृत्वमाथि दबाब रहेको छ। त्यसका वाबजुत पनि ५ दलीय गठबन्धनमा आवद्ध माओवादी र एकिकृत समाजवादी एमसीसीलाई संशोधन नगरी संसदबाट पारित गरिनु हुन्न भन्ने पक्षमा छन् भने हाम्रो पार्टी दृढ रुपमा एमसीसीका विरुद्ध रहेको छ। त्यसैले गर्दा ५ दलीय गठबन्धनमा फुट पार्ने गरी तत्कालका लागि एमसीसी संसदमा प्रस्तुत गर्न र त्यसलाई पारित गर्न ने।का। का लागि त्यति सजिलो छैन। त्यो कारणले नै सरकारको न्यूनतम साझा कार्यक्रममा समेत एमसीसीको कुनै उल्लेख नगर्नु त्यसैको परिणाम हो।’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १ मंसिर २०७८ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App