३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन भोलिदेखि पोखरामा, विप्लवले उद्घाटन गर्ने

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)को २२ औं सम्मेलन भोलि (बुधबार) देखि पोखरामा हुने भएको छ। भोलिदेखि सुरु हुने सम्मेलन असोज ८ गतेसम्म हुने अखिल क्रान्तिकारीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

तीन दिनसम्म हुने अधिवेशनको समुद्घाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले उद्घाटन गर्ने अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जिवी ढकालले जानकारी दिए। कार्यक्रममा विप्लवसहित प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लगायतका नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले सम्बोधन गर्ने उनले बताए।

सम्मेलन सुरु हुनुअघि अखिल क्रान्तिकारीले र्‍याली निकाल्ने भएको छ। पोखराको पृथ्वीचोकबाट सुरु हुने र्‍याली मानवअधिकारचोक चिप्लेढुंगामा पुगेर सम्मेलन उद्घाटन शत्रमा परिणत हुने अध्यक्ष ढकालले बताए। अखिल क्रान्तिकारीले असोज ६ गते सम्मेलनको उद्घाटन शत्र र असोज ७ र ८ गते बन्द शत्र हुने जनाएको छ। चिप्लेढुंगा मानवअधिकारचोकमा उद्घाटन शत्र हुने सम्मेलनको बन्द शत्र पोखराको लेकसाईडस्थित कुटी रिसोर्टमा हुने अध्यक्ष ढकालले जानकारी दिए।

अखिल क्रान्तिकारीको २२औं सम्मेलनमा वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गरिने जनाइएको छ। वर्तमान शिक्षा प्रणालीले बेरोजगार उत्पादन गर्नेबाहेक अन्य केहिपनि उपलब्धी हाँसिल नगरेकाले औपचारिक रुपमा वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गर्न लागिएको उनले बताए। वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा व्यवहारिक मात्र नभई समानतामा आधारित हुने प्रस्ताव गरिएको अध्यक्ष ढकालले बताए। उनले त्यस्तो वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा पूर्ण रुपमा निःशुल्क हुनुपर्ने प्रस्ताव गरिएको उल्लेख गरे। प्रतावमाथि घनिभुत छलफल गरेर पारित गर्दै राज्यलाई वैज्ञानिक समाजवादी शिक्षा’ लागु गर्न दवाब दिइने उनले बताए।

सम्मेलन अघि अखिल क्रान्तिकारीले पोखराको फेवातालको जमिन व्यक्तिले आफ्नो नाममा पारेको विरोधमा बुधबार विहान प्रदर्शन गर्ने भएको छ। सम्पदाको दुरुपयोग, अतिक्रमण र दोहनबिरुद्ध खबरदारी स्वरुप हामीले प्रदर्शन गर्न लागेका हौं’ अध्यक्ष ढकालले भने। उनले फेवाताल अतिक्रमणको विषयलाई अहिले सांकेतिक रुपमा विरोध गरेपनि पछि सशक्त प्रतिरोधात्मक कार्यक्रम गर्नेपनि बताए। अखिल क्रान्तिकारीको सम्मेलनमा ५५५ जना पर्यवेक्षक तथा प्रतिनिधि सहभागि हुने जनाइएको छ। सतहत्तरै जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक सहभागि हुने अध्यक्ष ढकालले जानकारी दिए। सम्मेलनले नया नेतृत्वसमेत चयन गर्ने उनले बताए।

प्रकाशित: ५ आश्विन २०७८ ११:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App