२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अनेरास्ववियु (क्रान्तिकारी) ताप्लेजुङको अध्यक्षमा तिवारी

अनेरास्ववियु (क्रान्तिकारी) ताप्लेजुङको ११ औँ जिल्ला सम्मेलनले झरेन्द्र तिवारी अध्यक्ष रहेको ५१ सदस्यीय कमिटी निर्विरोध चयन गरेको छ। कमिटीको उपाध्यक्षद्वयमा टीका यक्सो र अविरसिंह यक्सो, सचिवमा अनिता पन्दाक लिम्बू, सह–सचिवद्वयमा तेञ्जित कार्की र कुमार भट्टराई तथा कोषाध्यक्षमा तारा श्रेष्ठ चयन भएका छन्।

निर्वाचित पदाधिकारी तथा सदस्यलाई केन्द्रीय उपाध्यक्ष दीपक देवकोटाले शपथ ग्रहण गराएका थिए। नवनिर्वाचित अध्यक्ष तिवारीले मुलुकको शैक्षिक क्षेत्रमा आमूल परिवर्तनका लागि बिद्यार्थी संगठनको जिल्ला नेतृत्वको पदीय हैसियतमा काम गर्ने प्रतिबद्धता जनाए।

केन्द्रीय उपाध्यक्ष देवकोटाको प्रमुख आथित्यतामा भएको कार्यक्रमा नेकपा माओवादी केन्द्र ताप्लेजुङका इन्चार्ज खेलप्रसाद बुडाक्षेत्री(पराग) संयोजक विजयप्रकाश वनेम, अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय कमिटी सचिव राजकुमार यक्सो, केन्द्रीय सचिव तथा १ नं. प्रदेश कमिटी संयोजक मदन भट्टराई, केन्द्रीय सचिवालय सदस्य तथा १ नं। प्रदेश कमिटीका सह–संयोजक प्रजिन हाङवाङ, केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज चन्द्र माङमुलगायत उपस्थिति नवनिर्वाचित उपाध्यक्ष टीका यक्सोले जानकारी दिइन्।

प्रकाशित: २५ भाद्र २०७८ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App