३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोजमा

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आउँदो असोज ८,९ र १० गते २२ औँ राष्ट्रिय सम्मेलन गर्ने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सम्मेलनका माध्यमबाट शिक्षा नीति, नयाँ नेतृत्वको निर्वाचित र विद्यार्थी आन्दोलनको नयाँ कार्यदिशा विकसित गर्ने अखिल क्रान्तिकारीका केन्द्रीय समितिका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।  

उपाध्यक्ष बस्नेतले २२ औँ राष्ट्रिय सम्मेलनमा ७९९ प्रतिनिधि रहने उल्लेख गरेका छन्। सम्मेलन सम्पन्न गर्न आउँदो भाद्र १५ सम्ममा ईकाइ क्याम्पस, पालिका भेला सम्पन्न गरिसक्ने अखिलले जनाएको छ। यस्तै, भाद्र २५ सम्ममा जिल्लाहरुको भेला र भाद्र २५ देखि असोज १ गतेसम्म प्रदेश भेला गरिसक्ने बस्नेतले बताए।

कोभिड १९ का कारण विगतका तुलनामा प्रतिनिधि संख्या घटाए पनि सबै जिल्ला, प्रदेश र क्याम्पस कमिटीबाट प्रतिनिधित्व गराएर राष्ट्रिय सम्मेलन गर्ने बस्नेतले बताए। शिक्षा, स्वास्थ्य र रोजगार नागरिकको मौलिक हकको रुपमा संविधानमा ग्यारेन्टी गरिएको भएपनि कार्यान्वयन गराउने दिशामा लैजाने उनले बताए। 

'शिक्षा, स्वास्थ्य र रोजगार नागरिकको मौलिक हकको रुपमा संविधानमा ग्यारेन्टी गरेका छौँ, संविधानमा त लेखाउन सक्यौँ, तर व्यवहारमा कार्यान्यन हुन सकेको छैन,' उनले भने, 'त्यसैले अबको नेपाली विद्यार्थी आन्दोलनलाई स्वास्थ्य, शिक्षा र रोजगारको अधिकारलाई जीवन व्यवहारमा कार्यान्वयन गर्नका निम्ति अबको विद्यार्थी आन्दोलन त्यस दिशामा सोझिनेछ।'

अखिल क्रान्तिकारीले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हुने आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औँ राष्ट्रिय सम्मेलन भन्ने नारालाई प्रमुख एजेण्डा बनाएर अघि बढ्ने बताएको छ।

प्रकाशित: ३१ श्रावण २०७८ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App