६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पार्टीभित्रै केही नेताहरु पार्टी एकताका विरोधी छन् : पार्टी प्रवक्ता ज्ञवाली

नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको वार्ताबाट आफू आशावादी रहेको बताएका छन्। प्रवक्ता ज्ञवालीले नेकपा एमालेको विवाद समाधानका लागि बनाइएको कार्यदलको मस्यौदालाई अन्तिम रुप दिनका लागि दुई नेताबीच वार्ता भइरहेको बताउँदै अझ पनि वार्ता भाँड्नेहरु सक्रिय रहेको समेत बताए।

देशभरका नेता कार्यकर्ताको चाहना नेकपा एमालेको विवाद सकियोस् भन्ने चाहना रहँदा रहँदै पनि पार्टीभित्रै केही नेताहरु पार्टी एकताका विरोधी रहेको उल्लेख गरे। वार्ताबारे सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘एकता भाँड्न चाहनेहरु पनि छन्, पार्टीभित्र पनि रहेका छन्। एकतालाई निश्कर्षमा पुग्न नदिने प्रयास भएका छन्, तर नेताहरु त्यस विषयमा सजग छन्।’

एमाले कमजोर हुँदा त्यसले लोकतान्त्रिक आन्दोलन पनि कमजोर हुने बताउँदै पार्टीको दायराबाहिर गएकालाई दायरामा ल्याउनका लागि प्रयास भएको र वार्ताले कार्यदललाई मार्गनिर्देशन गर्ने र वार्ता सफल हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ।

उनले गएको जेठ २३ गते पार्टी अध्यक्षले पार्टी एकताका लागि पहल गर्न निर्देशन दिएको, नेकपा एमाले र नेकपा माओवादीबीचको एकतालाई सम्मान गर्ने वातावरण बनाउने, पार्टीभित्रको अन्तरविरोध बढ्दै गएपछि आफ्नै पार्टी अध्यक्षलाई हटाएर विपक्षीलाई प्रधानमन्त्री बनाउनसम्म लागेको अवस्थालाई समाधान गर्ने, वरिष्ठ नेताबाट विपक्षी गठबन्धनको नाममा अध्यक्षमाथि प्रहार हुने विषयलाई समेत कार्यदलका सदस्यबीच छलफल भएको जानकारी दिए। 

प्रकाशित: २३ असार २०७८ १४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App