४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विश्वासको मत माग्दै गण्डकीका मुख्यमन्त्रीले भनेः एमाले बाहेकको दलको बहुमत पुग्दैन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत माग्दै हालसम्मका प्रगतीलाई सुरक्षित गर्न गर्न चाहेको बताएका छन ।

यसअघि संवाद होस भनेर दलहरुबीच सहमतिको प्रयास गरेको पनि उनले बताए । ‘सहकार्यको बाटो खुला छ । प्रदेशको विकासको लागि पनि सहकार्य जरुरी छ,’ उनले भने,‘राजनीतिक रुपमा एमाले बाहेक अन्य दलको प्रदेशमा बहुमत पुग्ने सम्भावना छैन । यसको अभ्यास यसअघि नै भएको पनि हो ।जनताले दिएको म्यान्डेट अनुसार यो सरकार संचालन भएको हो ।’

प्रदेश गौरबका आयोजना पुरा गर्नुपर्ने कामा बाँकी रहेकोले पनि आफ्नो निरन्तरता चाहिएको उनले बताए । ‘हालसम्मका प्रगतीलाई सुरक्षित गर्नका लागि आफ्नो निरन्तरता चाहिएको छ । म अझै एकतावद्ध प्रयास गर्दै प्रदेशको विकास गर्न चाहन्छु,’ उनले भने, ‘राजनीति द्वन्द्वको विषयबस्तु मात्र नभई मेलमिलाप र एकता पनि हो ।’

प्रकाशित: २७ जेष्ठ २०७८ ०७:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App