coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नागरिक अगुवाद्वारा संसद विघटनको निर्णय अबिलम्ब फिर्ता लिन माग

विभिन्न क्षेत्रमा क्रियाशील तीन दर्जन नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन फिर्ताको माग गरेका छन्।

मानवअधिकारको क्षेत्र र नागरिक समाजमा आवद्ध अगुवाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रम ओलीले प्रजातन्त्र, मानवअधिकार‚ नैतिकता एवम राजनैतिक मूल्य मान्यता र संविधानको मर्म प्रतिकूल हुनेगरी संसद विघटन गरेको बताउँदै सो माग गरेका हुन्।

उनीहरुले प्रम ओलीले सत्तास्वार्थ केन्द्रित भई आफ्नो पद जोगाउन मध्यरातमा अप्रत्यासित रुपमा जननिर्वाचित सार्वभौम संसद विघटन गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सो कार्यको भत्सर्ना समेत गरेका छन्।

उनीहरुले देश र जनता कोरोना माहामारीको प्रकोपले आक्रान्त भएको समयमा राजनैतिक तथा सामाजिक शक्तिहरु एकजुट भई कोरोना महामारीको विरुद्धमा जुझ्नुपर्नेमा त्यस विपरीत अर्बाैँ रुपैयाँ खर्चगरी मध्यावधि निर्वाचनमा राष्ट्रलाई धकेल्ने कार्य गलत भएकाले सो कार्यको मानवअधिकारवादी समुदायका लागि स्वीकार्य नभएको जनाएका छन्। ‘सरकारको यस्तो असंवैधानिक तथा अलोकतान्त्रिक निर्णयलाई हुबहु अनुमोदन गर्ने राष्ट्रपतिको स्वेच्छाचारी कदमको सम्पूर्ण मानवअधिकारवादी समुदायले कडा प्रतिबाद गर्नुपर्दछ भन्ने हाम्रो ठहर छ।’ विज्ञप्तिमा उल्लेख छ।

उनीहरुले संवबधानको रक्षक राष्ट्रपतिजस्तो सम्मानित पदमा आसिन व्यक्तिले व्यक्ति, गुट र दलभन्दा माथी उठेर व्यवहारिक रुपमै संविधानको अक्षरशः कार्यान्वनयको लागि भूमिका खेल्नुको सट्टा सरकारको असंवैधानिक, अलोकतान्त्रिक तथा गैह्रकानूनी कदमको अनुमोदन गरिनु दुःखको बिषय बनेको जनाएका छन्।

त्यसरी आपत्ति जनाउनेहरुमा बिष्णुपुकार श्रेष्ठ(धादिङ), हुकुम पोखरेल(रोल्पा),मिना शर्मा तिवारी(पर्वत),सतिश राज मैनाली(बारा),विनोदखण्ड तिमिल्सिना(चितवन), बासुदेव वराल(कास्की), नेत्र पाण्डे(रुपन्देही), डा.केदार चन्द भट्ट(वैतडी), जगन्नाथ पोखरेल (प्युठान), शंकर ढकाल (संखुवासभा), दीपेन्द्र पाठक (मकवानपुर¬), नारायण विके(सुर्खेत), कृष्णकुमार श्रेष्ठ(धादिङ), डा. विष्णु राई (खोटाङ), वरम महत(जुम्ला), कमला ज्ञवाली (धनगढी), डा. शिवशरण महर्जन (काठमाडौँ), डा. घनश्याम सुवेदी(झापा), मोहन आचार्य(कपिलवस्तु), निर्मल गौतम(दाङ), पुण्य यादव(सप्तरी), पुरुषोत्तम नेपाल (मोरङ), गीता न्यौपाने(काठमाडौँ), सरिता गौतम(भक्तपुर), सन्तोष मल्ल (मुगु), गोकुल सापकोटा(धादिङ), दिलु घिमिर(सुर्खेत), राजेन्द्र शर्मा(सिन्धुपाल्चोक), बिनिता रोका(गुल्मी), रेणु शर्मा(काठमाडौँ), शोभा खनाल(गोरखा), कल्पना पौडेल(तनहुँ), सृजना के.सि(ललितपुर) र कोपिला कुँवर(काठमाडौँ)रहेका छन्।  

प्रकाशित: ९ जेष्ठ २०७८ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App