३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसको आह्वानमा सर्वदलीय बैठक बस्दै

नेपाली कांग्रेसको आह्वानमा सर्वदलीय बैठक बस्दै छ। काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो।  

आजै मध्यान्ह १२ बजे चार दलका चार नेताबीच छलफल हुन लागेको स्रोतले बतायो।  बैठकमा काँग्रेससहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका नेता माधव कुमार नेपाल र जसपाका उपेन्द्र यादवसहितको बैठक बस्दैछ। सो बैठकले निकाल्ने निष्कर्षका आधारमा दलहरु अघि बढ्ने बताईएको छ।  

काँग्रेस भने तत्काल सबै दल मिलेर राष्ट्रपतिलाई महाभियोग लगाइनुपर्ने र सँगसँगै संसद सचिवालयमा ओलीमाथि अविश्वास प्रस्ताव ल्याइनुपर्ने पक्षमा रहेको छ।  

राष्ट्रपतिले ओलीले राजीनामा वा विश्वासको मत नलिइ नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेपछि काँग्रेसलगायतका विपक्षी दलले यो कदमलाई असंवैधानिक भएको दावी गर्दै चर्को विरोध गरेका छन्।

प्रकाशित: ७ जेष्ठ २०७८ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App